१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौँ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर ९भिओ० एलटिई सेवाको परीक्षण शुरु गरेको छ । टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई सेवाको परीक्षण शुरु गरिएको हो । उक्त सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भिओ एलटिई सेवाको परीक्षण शुरु गर्न लागिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

Advertisement

उनका अनुसार उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेशन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिनेछ ।

कसरी लिने सेवा

सो सेवाका लागि भिओएलटिई सपोर्ट गर्ने मोबाइलमा ८४४४३ डायल गरी प्राप्त निर्देशनको अनुसरण गरी सिममा भिओएलटिई एक्टिभेट गर्न सकिनेछ । यस्तै सो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भिओएलटिई कल फर एनटिसी सिमसमेत इनेबल गर्नुपर्दछ । लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भिओएलटिईको सङ्केत देखापर्दछ । भिओएलटिईको सङ्केत देखापरेपछि ८१११३ डायल गर्नुपर्दछ ।

भिओएलटिई सेवाका प्रयोगकर्ताले नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सक्नेछन् भने एक सय मिनेट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराइनेछ । आफ्नो मोबाइल सेटले भिओएलटिई सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि तथा उक्त सेवासम्बन्धी थप जानकारीका लागि टेलिकमको वेबसाइटमा लिङ्क प्रयोग गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप