१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023


गुल्मी । कोरोना संक्रमणले आर्थिक स्थिति जताततै डामाडोल छ । त्यसका वावजूद पनि नेपाल पत्रकार महासंघ गुल्मीले सञ्चालन गरेको अक्सिजन अभियानलाई विभिन्न संघ–संस्था र ब्यक्तिहरुले सहयोगी हात अगाडि बढाई रहेका छन् । त्यही क्रममा शनिवार विहान निजी क्षेत्रबाट सञ्चालित सदरमुकाम तम्घासको गण्डकी बोर्डिङ्ग स्कुल लगाएतका विभिन्न संघ संस्था र ब्यक्तिहरुले सहयोग रकम हस्तान्तरण गरेका छन्।
शनिवार विहान नेपाल पत्रकार महासंघको कार्यालयमा आएका प्रबन्ध निर्देशक पशुपति अर्यालय , सहायक प्रिन्सिपल सुनिल बस्नेतले नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल , उपाध्यक्ष रेशम कुँवर , सचिव प्रेम सुनार र कार्य समिति सदस्य रमेश बिकको रोहवरमा ४० हजार रुपैयाँ खातामा राखिदिएको भौचर हस्तान्तरण गरेका छन्। त्यस बोर्डिङ्गका प्रिन्सिपल श्रीराम महतले उक्त रकम पत्रकार महासंघको बैंक खातामा राखिसकेको तर, आफू बुटवलमा रहेकोले आउन नसकेको प्रतिकृया दिए । उनले अभियानका लागि विभिन्न संघ संस्था र ब्यक्तिहरुसँग समन्व्य गरेर सहयोग जुटाउन लागेको बताए । त्यस बोर्डिङ्ग सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद पाण्डे सहित ३२ जनाले सहयोग गरेका छन् ।

Advertisement

निजी श्रोतको विद्यालयले कोरोनाका कारण पारेको आर्थिक संकटका बेलामा पनि सहयोग गरेको प्रति नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले त्यस बोर्डिङ्ग परिवारलाई धन्यवाद दिए । त्यस्तै अर्घाखाँचीको छत्रकोट गाउँपालिका ८ घर भई गुल्मीको गौडाकोटमा श्रेष्ठ मेडिकल हल सञ्चालन गर्दै आएका ईश्वर श्रेष्ठले ५ हजार सहयोग गरेका छन । त्यस्तै गुल्मी सुनचाँदी ब्यवसायी संघले शनिवार पत्रकार महासंघको अक्सिजन अभियानलाई ५१ हजार रुपैयाँ सहयोग गरेका छन । उक्त रकम नेपाल पत्रकार महासंघका उपाध्यक्ष रेशम कुँवर , निवर्तमान अध्यक्ष नवराज भुसाल , कार्य समिति सदस्य रमेश बिश्वकर्मालाई सुनचाँदी ब्यवसायी संघले उक्त रकम हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा का केन्द्रिय सदस्य झविन्द्र बिक, जिल्ला अध्यक्ष रामु सुनार , उपाध्यक्ष गोपाल सुनार , महासचिव धर्म बिश्वकर्मा , , रेसुङ्गा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष तथा संघका सल्लाहकार नारायण बराल र सचिव रामु सुनार ( ख ) सहभागि थिए । सहयोगदाता सबैलाई नेपाल पत्रकार महासंघ गुल्मीले धन्यवाद प्रकट गरेको छ ।

त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका २ सारुटोल निवासी आमा मिनादेवी रायमाझीका नाममा र छोराहरू हाल चेक रिपव्लीकबाट ओम रायमाझी, श्री विष्णु रायमाझी, श्री अर्जुन रायमामझीले ५० हजार सहयोग गरेका छन । नेपाm चेम्वरअफ कमर्श गुल्मीका अध्यक्ष युवराज न्यौपानेले १० हजार सहयोग गरेका छन । साउथ कोरियाबाट बिष्णु गौतमले गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर १ , दिब्रुङ्ग अर्जेवा पुर्खेयौ घर भई हाल बुटवलको मणिग्राममा बस्नु हुने पिता शेषकान्त गौतम र माता श्री भिमकला गौतमको नाममा ५ हजार सहयोग रकम पठाएका छन ।त्यस्तै नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व सदस्य गोकुल श्रेष्ठले अमेरिकाको न्यूयोर्कबाट गोकुल श्रेष्ठ, दाजु बाल कुमार श्रेष्ठ र सपना श्रेष्ठको नाममा ५० हजार ३ रुपैयाँ पठाएका छन । मदाने गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृत, शुरेश भण्डारीले ५ हजार सहयोग गरेका छन ।रेसुङ्गा नगरपालिका ८ बसपार्क स्थित पाण्डे होटल सञ्चालक मोतिलाल पाण्डेले १० हजार सहयोग गरेका छन्।

धुर्कोट गाउँपालिका ३ हाडहाडे आरुपाटा स्थायी ठेगाना भइ हाल एकीकृत ग्रामीण विकास समाज सुआहारा कार्यक्रमका संयोजकको रुपमा कार्यरत श राजेन्द्र विश्वकर्मा र गुल्मीदरबार गाउँपालिकाको दरबारदेबिस्थान स्वास्थ्य चौकीमा अहेब र उनकी श्रीमती यमकला विश्वकर्माले दुई हजार पाँच सय पन्ध्र रुपैयाँ सहयोग गरेका छन् । रेसुङा नपा ३ निवासी पुर्ब गाबिस सचिब शेरजङ बहादुर बस्नेतले प्रती बर्ष १०० का दरले दिने र नेपा हाललाई ६ हजार ८ सय सहयोग गरेका छन । रेसुङा नपा ८ निवासी अधिवक्ता बेद प्रसाद कुवरका छोरा हाल जापान रहेका सरोज कुवँरले १० हजार पचपन्न रुपैयाँ सहयोग गरेका छन । गुल्मीकी सामाजिक अभियान्ता एब अधिवक्ता हिरा कुँवरले ५ हजार प्रदान गरेका छन् ।

रेसुङ्गा नगरपालिका ५ भुवनपानी निवासी नेपाल रेडक्रस सोसाइटी जिल्ला गुल्मीमा कार्यरत जिल्ला शाखा अधिकृत कृष्णप्रसाद खनालले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन । ईस्मा गाउँपालिका ६ अम्मरपुर निवासी ढालप्रसाद र हरिकला खरेलका छोराबुहारी तिलकराम ( कुमार ) खरेल र श्सुष्मा खरेलले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन । इस्मा गाउँपालिका (६ अम्मरपुर घर भइ हाल काठमाडौ नागर्जुन नगरपालिका ( ४ निवासी तथा भिर्लेमेला देवीकास्थान मन्दिर ब्यबस्थापन समिति मालिका (६ का संरक्षक समाजसेवी राम बहादुर अर्याल र परिवारको तर्फबाट २५ हजार सहयोग गरिएको छ ।

मदाने गाउँपालिका पुर्कोटदह धाराचौर स्थायी ठेगाना भइ हाल धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रिय कार्यालय बाग्लुङ अन्तर्गत नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका कोल्हुवा शाखामा शाखा प्रबन्धकको रुपमा कार्यरत श्कल्पना पुन मगरबाट १ हजार ५ सय ५५ रुपैयाँ सहयोग भएको छ ।जिल्ला प्रशासन कार्यालयका अर्घाखाँची मालारानी (२ जन्मघर भै बुटवलमा बस्ने टन बहादुर पाण्डेले ५ हजार ५ सय ५५ रुपैयाँँ सहयोग गरेका छन । गुल्मीक सहयायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारी ५ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् ।

गुल्मीको भाडगाँउमा जन्मभई बाग्लुङ जिल्ला बडिगाढ गाउँपालिका २ खर्वाङ्ग निवासी बुवा दुर्गा बहादुर केसी,आामा गोमा कुमारी केसी, गुल्मी इस्मा गाउँपालिका ६ अन्तर्गत अमरपुर निवासी ससुरा बुवा चन्द्र प्रताप बोहोरा र सासु आमा सेनिकला बोहोराकी बुहारी हाल युकेमा रहेका खगेन्द्र बोहोराकि श्रीमती माया केसी बोहोराले १० हजार एक सय एक सहयोग प्रदान गरेका छन् ।गुल्मीको मुसिकोट नगरपालिका ५ आँपचौर निवासी हाल लण्डन निवासी गुल्मी जिल्ला समाज युकेका सल्लाहकार, तथा सञ्चारकर्मी समेत रहेका फणिन्द्र भट्टराईले १० हजार रुपैयाँ सहयोग गरेका छन्।

चारपाला ठूलोपोखरा निवासी छबिलाल ज्ञवालीको नाममा छोरा मित्रलाल ज्ञवाली,नातिनी अनुषा ज्ञवाली र नातीनी हिमाल ज्ञवाली बाट ५ हजार सहयोग गरेका छन् । गुल्मी जिल्ला रेसुंगा नगरपालिका ५ निवासी खुपबहादुर केसीले ५ हजार सहयोग गरेका छन् । माथिउल्लेखित सहयोगी बाहेक थुप्रै सहयोगदाताहरु रहेका र सबैको नामवाली शनिवार देखि लिपीबद्ध गर्ने काम भई रहेकोले क्रमशः प्रकाशित गरिदै जाने नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनारले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ