ताजा अपडेट »

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

बुधबार, ३१ बैशाख २०८२, ०८ : ३७
22 Shares
बुधबार, ३१ बैशाख २०८२
22 Shares

काठमाडौं । इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान गएको छ । आक्रमणबाट दर्जनौँ घाइते भएका छन् । पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो । गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ । इजरायली सेनाले कुनै पनि अस्पतालमा आक्रमण गर्न छाडेको छैन ।

पछिल्लो १० सातमा त्यहाँ खानेपानी, औषधी र टेन्टको व्यवस्था पनि छैन । संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

न्यूयोर्कमा गाजाको अवस्थाबारे जानकारी गराउँदै फ्लेटचरले इजरायलले राहत वितरणमा आफूहरू माथि अवरोध सृजना गरेको आरोप लगाएका छन् । 

उनले इजरायलले गाजामा राहत वितरणका लागि ल्याएको नयाँ सर्तमा पनि आपत्ति जनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।