ताजा अपडेट »

रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने ९ हजार १ सय जरिवाना तिरेर रिहा

सोमबार, २० बैशाख २०७८, १५ : १३
4 Shares

बुटवल । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने एक जना ९ हजार १ सय जरिवाना तिरेर रिहा भएका छन् । चितवन राप्ती नगरपालिका–४ घर भइ सिद्धार्थनगर नगरपालिका–.४ बस्ने ३४ वर्षीय मोहन श्याम वली जरिवाना तिरेर रिहा भएका हुन् ।

जिल्ला जारी निधेषाधा पालना गराउन खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई उनले सोमबार भैरहवाको बुद्ध चोकमा डिउटीमा बाधा अबरोध पुराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । प्रहरीले वलीलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाएको थियो । १ महिना कैद वा ९ हजार १०० बराबरको जरिवाना अनुरुप वलील सो जरिवाना असुल उपर गरी छाडिएको थापाले बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।