ताजा अपडेट »

दाङ्गमा अक्सिजन अभाव ,समयमा आयात नभए धेरैको ज्यान जाने

आइतबार, १९ बैशाख २०७८, २० : ४३
6 Shares

दाङ । बेलझुण्डीमा रहेको कोरोना विषेश अस्पतालमा अक्सिजको अभाव भएको छ । अक्सिजनका लागि नेपालगञ्जमा निर्भर रहेको दाङमा अक्सिजन अभावले गर्दा आज एक जनाको ज्यान गएको कोरोना बिषेश अस्पताल बेलझुण्डीका ब्यवस्थापक डाक्टर द्रोर्ण बहादुर ओलीले बताए । ओलीका अनुसार ४२ शैंयाको कोरोना विशेष अस्पतालमा अहिले प्रत्येक १२ घण्टाको अन्तरालमा अक्सिजन अभाव हुने गरेको बताएका छन् । अक्सिजनमा आत्मनिर्भर बन्न नसक्दा आज देखेको बिरामीहरुको चित्कार खपिनसक्नु भएको बताउँदै उनले बेलुका ९ बजेसम्मलाई पुग्ने मात्र अक्सिजन रहेको बताएका छन् ।

यस अघि ६ बजे सम्मलाई पुग्ने अक्सिजन रहेको बताएका उनले अस्पताललाई घोराई सिमेन्ट कारखानाबाट ४, तुलसीपुर उपमहानगरपालिकाबाट १६,सोनापुर सिमेन्टबाट ११,गणपति प्लाई उद्योगबाट २ तथा जिल्ला प्रशासन कार्यालयबाट ४ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराइएको बताए । हाल ७६ वटा सिलिन्डर रहेका छन्, डिपोबाट १० बजे भन्दा अगाडि अक्सिजन पठाउँदैनौ भनेका छन् । उनले भने । चार घण्टालाई मात्र पुग्ने अक्सिजन छ । यदि १० बजेसम्ममा अक्सिजन आएन भने ४० देखि ४५ जनाको ज्यानको जान सक्ने उनले बताए ।

सिलिण्डर अभाव हुन नदिने आश्वासन त प्रशासनबाट आएको छ हेरौँ अब उपलब्ध हुन्छ कि हुन्न भर छैन भन्दै उनले प्रशासन तथा उद्योगहरुबाट सहयोग आएको बताए । ४२ शैयामा सञ्चालन गरेको अस्पताललाई अहिले १सय ४ शंैयामा लैजाने तयारी पूरा भएको तर, अक्सिजनको अभावले बिरामी मार्न अस्पताल ल्याउन नपर्ने जवाफ प्रशासन तथा स्थानीय निकायलाई गराइसकेको उनले बताएका छन् ।यदि १ सय ४ बेड सहितको अस्पताल सञ्चालनमा आएमा अस्पताललाई दैनिक ५सय सिलिन्डर अक्सिजन चाहिने बताए । प्रशासनले छापामार तरिकाबाट भएपनि आज अक्सिजन उपलब्ध गराउनुपर्ने बताएका उनले अब डिपोबाट अक्सिजन लिन कोरोना बिषेश अस्पतालको सिफारिस चाहिने निर्देशन प्रशासनले दिएको ओलीको भनाई छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी