ताजा अपडेट »

त्रिभुवन विश्‍वविद्यालयका सबै पुर्वनिर्धारित परीक्षा स्थगित

सोमबार, १३ बैशाख २०७८, १६ : २२
2 Shares

काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।

‘कोभिड १९को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्‍न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्‍चालित तथा सञ्‍चालनको प्रक्रियामा रहेका सम्‍पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्‍चालन नसकिने परिस्थिति सृजना भएकाले आज मिति २०७८/१/१३ गते बसेको त्रि।वि। केन्द्रीय परीक्षा सञ्‍चालक समितिको बैकठको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्‍वविद्यालयद्वारा सञ्‍चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु २०७८/०१/१४ देखि अर्को सूचना प्रकाशित नभएसम्‍मका लागि स्थगित गरिएको व्‍यहोरा सम्बन्धित सबैको लागि जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । ‘ त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।