६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

गुल्मी । गुल्मी जिल्लाको शैक्षिक धरोहर रेसुङ्गा बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको स्नातकोत्तरतहको कक्षा सञ्चालनका लागि मंगलबार अन्तरक्रिया गरिएको छ। यस क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत एम.बि.एसका कक्षा सञ्चालनका संम्भाव्यता अध्ययन गर्न त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रध्यापकहरुको टोली आएको थियो।

Advertisement

मंगरबार सो टोलीसंग क्याम्पस सञ्चालक समिति, राजनैतिक दल, जनप्रतिनिधि, शिक्षाविद् समाजसेवी, प्रध्यापक, कर्मचारी अभिभावक एवम् सरोकारवाला सहितको सहभागितामा अन्तरक्रिया गरिएको क्याम्पस प्रमुख हरिबहादुर केसीले जानकारी दिए ।

त्यस अवसरमा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले जिल्लामै व्यवस्थापन संकायको एम.बि.एसका कार्यक्रम सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । यसका लागि आवश्यक बजेटका लागि तीन वटै सरकारका प्रतिनिधिसंग समन्वयका लागि आफु तत्पर रहेको उनको भनाई छ ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाबाट सहयोग पुर्याउँदै आएकोमा यसलाई निरन्तरता दिने बताए । जिल्लाकै गहनाको रुपमा रहेको यस क्याम्पसको शैक्षिक धरातललाई फराकिलो बनाएर लैजान आफु अग्रसर रहेको उल्लेख गरे ।

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदेश कमिटि सदस्य कृष्ण सुनार, नेपाली काँग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला सचिव वीर बहादुर कार्की क्याम्पसको शैक्षिक, आर्थिक, भौतिक विकास र गुणस्तरीय शिक्षाका लागि राजनैतिक दलहरुको पूर्ण सहयोग रहने बताए । यस क्याम्पस सामुहिक एकताको नमुना समेत भएको उल्लेख गरे ।

संम्भाव्यता अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयबाट प्रा.डा.युगराज भट्टराई, सह–प्रध्यापक ज्ञानमणी अधिकारी, लेखा अधिकृत सुनी श्रेष्ठ सहितको टोली आएको थियो । अन्तरक्रियामा वडाअध्यक्षहरु अखिलेश्वरप्रसाद पाण्डे, थम्मन केसी, नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनार, सञ्चालक समिति सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सबैको सहयोगले मात्र क्याम्पसलाई सम्पुर्ण रुपले विकास गर्न सकिने बताउँदै सहभागीहरुलाई धन्यवाद दिए । क्याम्पस सञ्चालक समिति सदस्य धर्म विश्वकर्माको स्वागत मन्तव्य एवम् क्याम्पस प्रमुख हरिबहादुर केसीको सन्चालन रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार