ताजा अपडेट »

पानीको कमी हुँदा शरीरमा देखिन्छन यस्ता असर

आइतबार, ०५ बैशाख २०७८, ११ : ३८
2 Shares

गर्मि शुरु भएपनि पानी मात्रै पिउने बानि धेरैकाे कम हसनुछ । शरीरमा पानीको मात्राको कमी हुँदा विभिन्न असरहरू देखा पर्छन् । स्वास्थ्यका लागि भने गर्मी होस् या चिसो, पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।

यस्ता छन् शरीरमा पानी कम हुँदा देखिने असरहरू

सास गन्हाउने
हाम्रो ब्यस्त जीवनमा पानी पिउन हामीले भुलिरहेका हुन्छौं । कामको दौरान तपाईंले बोल्दा जब तपाईंका सहकर्मीहरू परपर सर्छन्, अनि मात्रै तपाईंलाई महसुस हुन्छ कि तपाईंले पानी पिउनु भएको छैन र तपाईंको सास गन्हाइरहेको हुन्छ ।

शारीरिक क्षमतामा कमी
शरीरमा पानीको मात्रा कम हुनासाथ तपाईंको शारीरिक क्षमतामा कमी आउँछ । शरीरमा पानीको मात्रा केवल २ प्रतिशत कम हुँदा मात्रै शरीरको क्षमता १० प्रतिशतले घट्छ ।

सुक्खा छाला
छालालाई स्वस्थ, तन्दुरूस्त र चमकदार राख्नका लागि प्रशस्त पानी पिउनु एकदमै जरूरी हुन्छ । यति मात्रै होइन, छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नु पनि उत्तिकै जरूरी हुन्छ ।

ड्राइभिङ क्षमतामा असर
फिजियोलोजी एण्ड विह्याबियर नामक जर्नल प्रकाशित गरिएको एक अनुसन्धान पत्रले शरीरमा पानीको मात्रा कम हुँदा ड्राइभिङमा पूर्ण रूपमा ध्यान दिन नसकी ड्राइभिङ क्षमतामा ह्रास आउने देखाएको छ ।

थकान
शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यति मात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरू पनि थकित हुने गर्छन् ।

खराब मुड
शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रूपबाट मात्र नभई मानसिक रूपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अध्ययनअनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छी हुँने, काममा केन्द्रित हुन नसक्ने र दुःखी रहने गरेको पाइयो ।

शरीर चिसो बनाउँछ
रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्न मद्दत गर्छ । पानीको मात्रा कम हुँदा तातोपानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ ।

आँखा धमिलो हुने र तिर्मिराउने
पानीको मात्रा कम हुँदा मासंपेशीमा मात्र नभई मस्तिस्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिर्मिराउने तथा काम गर्ने क्षमतामा ह्रास आउँछ ।

टाउको दुखाइ
चिकित्सकहरूका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ । जसले टाउको दुख्ने गर्छ । त्यसैले अब जबजब टाउको दुख्छ, एक/दुई गिलास पानी पिउनुस्, सम्भवत टाउको दुखाइ हराएर जान्छ ।

कब्जियत गराउँछ
आन्द्रामा पचेका खानाहरू पास हुन शरीरमा पानीको जरूरी हुन्छ । तपाईंले यदि कम पानी पिउनुभएको छ भने आन्द्रामा भएका वस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ । जसले गर्दा कब्जियत गराउँछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।