ताजा अपडेट »

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन बुटवलमै बस्ने

शुक्रबार, १३ चैत्र २०७७, १६ : ४९
4 Shares

बुटवल । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन बुटवलमा नै बस्ने भएको छ । अधिवेशन स्थायी राजधानी दाङको राप्ति प्राविधिक शिक्षालयमा बस्ने गरी सरकारले तयारी गरेको भएता पनि अन्ततः बुटवलमा बस्ने भएको हो।

सातौँ अधिवेशनको पहिलो बैठक यहि चैत १८ गते बुधबार दिँउसो १ बजे प्रदेशसभा हल, बुटवलमा बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा स्थापनाको २ वर्ष ८ महिना २ दिनपछि असोज २१ गते प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी उपत्यका कायम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।