ताजा अपडेट »

लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको रोक्का जग्गा फुकुवा

शुक्रबार, १३ चैत्र २०७७, १५ : ०२
8 Shares

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको स्थानको रोक्का जग्गा निश्चित प्रयोजनको लागि फुकुवा गरिने भएको छ। लुम्बिनी प्रदेशको स्थायी राजधानी प्रस्ताव गरेपछि दाङको राप्ती गाउँपालिका सबै, गढवा गाउँपालिकाका वडा नम्बर १, २ र ३ तथा अर्घाखाँची जिल्लाको सितगंगा गाउँपालिकाको वडा नम्बर ८ र ९ को जग्गा कारोबारमा गत असोज १६ गते प्रदेश सरकारले रोक्का लगाएको थियो।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले रोक्का गरिएको सो क्षेत्रको जग्गा निश्चित प्रयोजनको लागि फुकुवा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। असोज २० गते प्रदेश सभाले सो ठाउँलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो।फुकुवा गर्ने निर्णय गर्दै प्रदेश सरकारले त्यसको लागि आवश्यक समन्वय गर्न नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई अनुरोध गरेको प्रवक्ता चौधरीले जानकारी दिए। अंशबण्डा, लिलाम र बैंकबाट लोन लिने जस्ता केही प्रयोजनको लागि रोक्का जग्गा फुकुवा गरिएको निर्णयमा उल्लेख छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।