८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका-५ का एक युवा अवैध साल काठसहित पक्राउ परेका छन् । स्थानीय तेजबहादुर ठकुरी ३९.८९ क्युफिट सालको काठसहित गत माघ ३ गते पक्राउ परेको वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । कञ्चन सब डिभिजन वन कार्यलय, कञ्चन-५ फायरलाइन र राजापानी सामुदमयिक वन उपभोक्ता समूह, सैनामैना-११ को सुरक्षा गस्ती टोलीले काठ ओसारपसार गर्न प्रयोग गरिएको दुईवटा मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो ।

राजापानी सामुदमयिक बन उपभोक्ता समूहको बन क्षेत्रमा गस्ती गर्ने क्रममा ठकुरीलाई नियन्त्रणमा लिई ५ थान सालका गोलिया बरामद गरिएको कञ्चन सब डिभिजन वन कार्यालय फायरलाइनका कार्यलय प्रमुख धनिश्वर न्यौपानेले जानकारी दिए । चैत्र ३ गते वनको सुरक्षा गस्ती गर्ने क्रममा राती ११ बजेको समयमा अवैधरुपमा लुकिछिपी तस्कर गर्न लागिरहेको अवस्थामा उनिसंग रहेको लु ३० प ६४४४ र लु २६ प ७१९० नम्वरको २ थान होण्डा शाइन मोटरसाइकल, २ थान बञ्चरो र २ थान आरा सहित कञ्चन ५ पिपरीचापा डाँडालाइन बस्ने ठकुरी पक्राउ परेका हुन ।

बरामद गरिएका सालका गोलिया, मोटरसाइकल र हतियार कञ्चन सब डिभिजन वन कार्यालयमा राखिएको छ । यसैगरी सोही दिननै ठकुरीलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’