१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

वीरगञ्ज । छ वर्षमा पनि ठाकुरराम बहुमुखी क्याम्पसको निर्माणाधीन दुई तल्ले बिबिए सङ्कायको भवन सम्पन्न भएको छैन । वीरगञ्ज महानगरपालिका– १३ मा रहेको मोना कन्ट्रक्सन निर्माण कम्पनीले बिबिए सङ्कायतर्फका भवन निर्माणका लागि ठेक्का सम्झौता गरेर हालसम्म पनि सम्पन्न गर्न सकेको छैन । विसं २०७१ वैशाख २२ गतेदेखि १० महीना म्याद राखेर २०७१ फागुन २० गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको उक्त कम्पनीले छ वर्षमा पनि पूर्णरुपमा सम्पन्न गर्न नसकेको सामान्य प्रशासन तथा स्टोर शाखाले जनाएको छ ।

सम्झौताअनुसार समयमा भवन निर्माण हुन नसकेपछि ठेकेदार र क्याम्पस प्रशासनबीचको बैठकले तीन पटक म्याद थप गरेर २०७३ फागुन २१ गतेसम्ममा काम सकाउने निर्णय भए पनि ठेकेदार कम्पनी सम्र्पकविहीन भएको स्टोर शाखा प्रमुख गीता श्रेष्ठले बताए । उनका अनुसार रु एक करोड ४९ लाखमा ठेक्का सम्झौता गरेको उक्त कम्पनीले हालसम्म ८० प्रतिशत काम मात्र सम्पन्न गरेको छ । श्रेष्ठका अनुसार ठेक्का पाएको कम्पनी करीब रु ४९ लाख भुक्तानी लिएर केही समयदेखि सम्पर्कमा नआएको र भवन पनि समयमा सम्पन्न गरेको छैन ।

“बीस पटकभन्दा बढी ठेकेदार कम्पनीलाई भवन सम्पन्न गर्नका लागि पत्राचार गरेका छौँ”, श्रेष्ठले भने, “तर ठेक्कादार कम्पनीले पत्र बुझेर केही वास्ता नगरेको र जवाफ पनि नदिएको अवस्था छ ।” क्याम्पसमा बिबिए सङ्कायमा भर्ना हुनु अगाडिदेखि भवन निर्माणकार्यको थालनी भए पनि अहिलेसम्म सम्पन्न हुन नसकेकाले सो सङ्कायतर्फ समस्या सिर्जना भएको बताइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई