२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

बुटवल । रुपन्देहीमा अवैध ब्रोइलर कुखुरा ल्याउँदै गरेको मिनिट्रकसहित चालक पक्राउ परेका छन् । प्रहरीले मंगलबार राति करिब ३ बजे सिद्धार्थनगर नगरपालिका-८ मा लु १ ख ७७४२ नम्बरको मिनिट्रकमा अवैध रूपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेका ५६० ब्रोईलर कुखुरा बरामद गरेको हो ।

धादिङ जिल्लाको धादिङ नगरपालिका-८ का २१ वर्षीय सुरज कुमालले चलाई लिएको सो मिनिट्रकमा ५५८ जिउँदो ब्रोईलर कुखुरा र २ गोटा मरेका ब्रोईलर कुखुरा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ब्रोईलर कुखुरा सहित उक्त कुखुरा ओसारपोसार गर्ने मिनिट्रक गरी १३ लाख ८ सय मूल्य बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ । कुखुरालाई भैरहवा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया, मिनिट्रक र चालकलाई भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज?