ताजा अपडेट »

रुपन्देहीमा पिकअपसहित अवैध कुखुरा बरामद

मंगलबार, ०३ चैत्र २०७७, १९ : ०८
4 Shares

बुटवल । रुपन्देहीको रोहिणीबाट एक पिकअपसहित अवैध कुखुरा प्रहरीले बरामद गरेको छ । रोहीणी-२ भगवानपुर नाका नजिकैमा प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याइएको ४९१ गोटा खुखुरा बरामद गरेको हो ।

प्रहरीले कुखुरा ओसारपोसार गर्न प्रयोग गरिएको लु.१ च. ९९२५ नम्बरको पिकअप गाडीसमेत बरामद गरि थप अनुसन्धान अगाडी बढाएको जनाएको छ । यसैगरी बरामद गरिएको कुखुरालाई भैरहवा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया पठाइएको तथा पिकअप गाडी र चालक लाई भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।