ताजा अपडेट »

लुम्बिनी स्तरीय टिन लिडर सिजन-२ हुँदै

मंगलबार, ०३ चैत्र २०७७, १७ : ३७
6 Shares

बुटवल । लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता ‘टिन लिडर सिजन-२ ’ हुने भएको छ । पहिलो संस्करणको सफलतापछि निरन्तरता दिँदै दोस्रो संस्करण गर्न लागिएको बारे आयोजक इन्टेलेक्ट इन्ष्टिच्यूशनले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । संस्थाले मंगलबार तिलोत्तमा स्थित होटल टूलिपमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो।

सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष दिपक रोकाले किशोर-किशोरीहरुलाई नेतृत्वको लागि क्षमता विकास र प्रवद्र्धनका लागि गरिएको पहिलो संस्करणको सफलता र प्रभावकारिता पछि दोस्रो संस्करण गर्न लागिएको बताए । संस्थाका प्रवन्ध निर्देशक तथा कार्यक्रमका संयोजक सह.प्रा. मदन प्रसाद पन्थीले प्रतियोगितामा सहभागि हुन १६ देखि १९ वर्ष उमेर समूहको लुम्बिनी प्रदेशको वासिन्दा वा प्रदेशको कुनै शैक्षिक संस्थामा अध्ययरत हुनुपर्ने जानकारी दिए ।

कार्यक्रमको अडिशन चैत्र ७ गते हुने तथा अडिसनबाट छानिएका १५ जना प्रतिष्पर्धीलाई सातदिने निःशुल्क तालिम दिई तालिम पश्चात् २१गते ४ बजे होटल टुलिप, ड्राइभरटोल, तिलोत्तमा रुपन्देहीमा प्रतिस्पर्धाको फाइनल कार्यक्रम हुने उनले जनाए । प्रतियोगिताको विजेताले उपािधसँगै नगद रु ५१ हजार मेडल र प्रमाणपत्र गर्ने प्रतियोगिताका संयोजक राज के.सी.ले जानकारी गराए । प्रतियोगिताको उपाधि विजेताले आगामी वर्ष २०७८ भरी आधा दर्जन सामाजिक कार्यगरी त्यसको प्रतिवेदन बुझाउनुपर्ने शर्त समेत रहेको छ । प्रतियोगिताको फिनालेमा चर्चित सञ्चारकर्मी दिनेश डि.सी. प्रमुख निर्णायकमा रहेनछन् ।

कार्यक्रमका लागि मुख्य प्रायोजकका रुपमा भाइ कन्सल्टेन्सी एब्रोड बुटवल रहेको छ भने सह प्रायोजकका रुपमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा रहेको छ । यसैगरी बैंकिङ पार्टनर सिभलि बैंक लिमिटेड, इन्सुरेन्स पार्टनर जनरल इन्सुरेन्स कम्पनि लिमिटेड, हस्पिटालिटि पार्टनर होटल टुलिप तिलोत्तमा र होटल दा फ्लामिङ बुटवल रहेको छ । विजनेस पार्टनरका रुपमा हाइलाइफ फुड प्रोडक्ट रुपन्देही, विपिएस पेट्रोलियम प्रा.लि., सिटि मनि एक्सप्रेस, मुक्तिनाथ विकास बैंक, निम्बल एजुकेशन बुटवल, प्रधान ट्रेडलिंक जानकिनगर, लुम्बिनी एग्रो प्रा.लि, हुन्डाइ, सुजुकी र इन्डोफार्म ट्रयाक्टर बुटवल रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।