६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

भैरहवा । राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण गरिदिएको छ। राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले निर्माण गरेको उक्त भवन आइतबार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरेको छ ।

Advertisement

१५ लाखको लागतमा निर्माण भएको भवनको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले राउण्ड टेबलले विभिन्न किसिमका सहयोग पु¥याउँदै अत्यन्त रचनात्मक र महत्वपूर्ण काम गरेको बताए। उनले राउण्ड टेबलले विद्यालयको भवन निर्माण गरेसंगै अब शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए। नगरपालिका भित्र रहेको विद्यालयमा भौतिक पूर्वाधार सुधार गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै दुईकोठे भवन निर्माण गर्नु प्रशसंनीय रहेको प्रजिअ घिमिरेले बताए। उनले हौसला, जोश, जांगर र आंटले नै देश र समाजको विकास गर्न सकिने बताए।

लुम्बिनी राउण्ड टेबल–१६ का अध्यक्ष सौरभ अग्रवालले राउण्ड टेबल इन्टरनेशनल डे को अवसर पारेर निर्माणसम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको बताए। उनले राउण्ड टेबल नेपालबाट आगामी दिनमा पनि सहयोगको अपेक्षा राखिएको बताए । राउण्ड टेबल इन्टरनेशनल एसिया प्यासिफिक चेयरम्यान सिद्धान्त गुप्ताले राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले उत्कृष्ट कार्य गरेको बताए। राउण्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष सौरभ केडियाले राउण्ड टेबल नेपाल लुम्बिनी राउण्ड टेबल–१६ को साथमा रहेको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र कोहारले राउण्ड टेबलले विद्यालयलाई सहयोग गर्नु प्रशंसनीय रहेको बताउदै आगामि दिनमा पनि सहयोगलाई जारी राख्न आग्रह गरे। राउण्ड टेबलका राष्ट्रिय सचिव राहुल अग्रवालले नेपालमा २८ वटा राउण्ड टेबल क्लवबाट शिक्षा, स्वास्थ्य र अन्य सामाजीक कार्य गरिरहेको बताए। उनले वार्षिक २० हजार विद्यार्थीहरुलाई संस्थाले सहयोग गर्दै आएको बताए।

कार्यक्रम संयोजक अभिषेक बेरिवालको स्वागत तथा विद्यालयका पूर्व प्रधानाध्यापक हेमन्त अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । २०१६ सालमा स्थापना भएको विद्यालयमा हाल २ सय ३० विद्यार्थी अध्ययनरत छन्।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार