ताजा अपडेट »

कबिताले जितिन टिकटक प्रतियोगिता

आइतबार, ०१ चैत्र २०७७, १७ : ४७
8 Shares

बुटवल । टिकटक प्रतियोगितामा कबिता न्यौपाने विजेता भएकी छिन् । ईडिआई ग्लोबल एजुकेशन, बुटवलले आयोजना गरेको टिकटक प्रतियोगितामा रुपन्देहीको देवदह नगरपालिकाकी न्यौपानेले अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेकी हुन् । प्रतियोगितामा सहभागि हुन चाहनेहरुलाई फागुन १ गतेभित्र रजिस्टेशन गर्न एजुकेशन आग्रह गरेको थियो ।

सबैभन्दा बढि लाइक, कमेन्ट र सेयर हुनेले प्रतियोगिता जित्ने र विजेताको नाम चैत्रको पहिलो हप्ता ईडिआई ग्लोबल एजुकेशनको पेजबाट सार्वजनिक गर्ने एजुकेशनले यसअघि नै जनाएको थियो । सो अनुरुप ईडिआई ग्लोबल एजुकेशनले आइतबार आफ्नो फेसबुक पेजमा विजेताको नाम सार्वजनिक गरेको छ । विजेता भएसँगै न्यौपानेले १० हजार पुरस्कार र प्रमाण पत्र प्राप्त गरेकी छिन् ।

टिकटकको माध्यमबाट पनि समाजमा राम्रो सन्देश प्रवाह गर्न सकिन्छ भन्ने उद्धेश्य अनुरुप टिकटक प्रतियोगिता आयोजना गरेको एजुकेशनका नेपालका लागि हेड अफ मार्केटिङ, कमल ज्ञवाली बताए । ‘टिकटक बालबालिका, किशोर, युवा युवतीहरु धेरै नै प्रयोग गरेका छन् । जसमा अहिले सकारात्मक भन्दा पनि नकारात्मक भिडियोहरु बनाइएको पाइएको छ ।’ उनले अघि भने ‘टिकटकको माध्यमबाट पनि केही राम्रो भिडियो बनाएर समाजलाई सकारात्मक सन्देश दिन सकिन्छ ।’

https://www.globalaawaj.com/archives/78074
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।