८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

बुटवल । कृषि उपकरण निर्माता कम्पनी शक्तिमान एग्रो मेशिनरीले किसान मिलाप कार्यक्रम गरेको छ । कम्पनीले ‘जलाओ नही, कमाओ’ भन्ने नारासहित रुपन्देहीको भैरहवामा किसानका लागि कार्यक्रम गरेको हो । खेती स्याहारी सकेपछि खेतमा हुने बालीका डाँठ लगाएतका वस्तु नजलाई तिनीहरुको उचित प्रयोग गरौं भन्ने सन्देश दिन र जनचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको लुम्बिनीका लागि आधिकारिक बिक्रेता मनमित ट्रेडर्स बुटवलका उदयकुमार सिंहले बताए ।

Advertisement

तिर्थ एग्रो टेक्नोलोजी राजकोट, गुजरातद्वारा निर्मित विश्व प्रसिद्ध शक्तिमानले विभिन्न कृषि उपकरण उत्पादन गर्दै आएको छ । भैरहवा स्थित बोधी रेडसन होटलमा आयोजित किसान मेलमिलाप कार्यक्रममा कम्पनीका जोनल हेड जगविर सिंह, प्रोडक्ट इन्चार्ज बिपिन कोठारीले उपस्थित किसानलाई सहजीकरण गरेका थिए । खेती स्याहारी सकेपछि बालीका डाँठ तथा पातहरु खेतमै छोड्ने र पछि जलाउने परिपाटी रहेकोमा त्यसो नगरी त्यसको सही वयवस्थापन गर्नका लागि किसानलाई जनचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको मनमित श्री ट्रेडिङ बुटवलका सञ्चालक उदयकुमार सिंहले बताए । उनले भने “कार्यक्रममा सहभागी ९० प्रतिशतले खेतबारीमा हुने डाँठ लगाएतका बस्तु जलाउने गरेको बताउनुभयो । त्यसो गर्दा बायू प्रदूषण हुने, डाँठ, पात त्यसै खेर जाने माटोमा असर पर्ने हुन्छ । त्यसो नगरी डाँठ, पात लगायतलाई बेलर प्रयोग गरी बेल गरे थप आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।’

कार्यक्रममा कम्पनीका जोनल हेड बिपिन कोठारीले खेतीपाती हार्भेष्ट गरिसकेपछि बेल गर्दा वायू प्रदुषण नहुने, माटोलाई असर नगर्ने कम पानी सोस्ने, कम मल लाग्ने, बढी उब्जनी हुने लगाएतका फाइदा हुने बताए । साथै उनले डढाएर खेर फालिने डाँठ लगाएतका बस्तुलाई बेल गरी बिक्री वितरण गर्न सकिने बताए । त्यस्तो पदार्थ पशुपालकहरुले माग राख्ने र खरिद गर्ने उनले बताए ।

शक्तिमान एग्रो मेशिनरी कम्पनीले खेत जोत्ने, रोप्ने, बाली स्याहार्ने लगायतका उपकरणहरु निर्माण गर्दै आएको छ । विगत १० वर्षदेखि शक्तिमानका उपकरणहरु बिक्री वितरण गर्दै आएको बताउँदै किसानका लागि किफायती र आर्जनका लागि उत्तम रहेको मनमित टे«डर्सका सञ्चालक सिंहको दाबी छ । किसान मिलाप कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी आसपासका १५० जना किसानको सहभागिता रहेको सिंहले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’