१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

भैरहवा । नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा भैरहवामा बृहत सडक महोत्सव हुदैछ । उद्योग ब्यपार संगठन, रुपन्देहीको आयोजनामा “सिद्धार्थ सडक खाना महोत्सव तथा बृहद सांस्कृतिक कार्यक्रम–२०७७” हुने भएको छ ।

उद्योग ब्यपार संगठन, रुपन्देहीको मूल आयोजनामा हुने कार्यक्रममा सिद्धार्थनगर नगरपालिका र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय लुमिबनी प्रदेशलाई सह आयोजकको रुपमा प्रस्ताव पेश गर्ने संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । महोत्सव चैत्र ३१ गते साँझ ५ बजे देखी राती १२ बजेसम्म चल्ने भएको हो । यस क्षेत्रको जातजातिको मौलिक सांस्कृतिक र संस्कारहरुको संरक्षण तथा उनिहरुको खानाको परिकारहरुको प्रर्वद्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको उद्योग ब्यपार संगठन, रुपन्देहीका नारायण प्रसाद भण्डारीले बताए । यसै गरि भैरहवाको प्रवेशद्धार भैरहवा एवम लुम्बिनीको आन्तरिक तथा बाह््रय पर्यटनको प्रर्वद्धन गर्दै नयाँ बर्षलाई उल्लास र उमंगका साथ मनाउन समेत यो महोत्सव आयोजना गरिएको भण्डारीले बताए । कोभिडका कारण थला परेको पर्यटन तथा होटल ब्यवसायलाई महोत्सवले पुनरोत्थान गर्ने अपेक्षा गरिएको उनले बताए ।

भैरहवाको देवकोटा चोक देखी बसपार्क क्षेत्र सम्म हुने महोत्सवमा ५० देखी १ सय वटा बिभिन्न परिकारका स्टलहरु राखिने कार्यक्रम संयोजक सचिन रोक्काले बताए । उनले कार्यक्रममा भैरहवा बाहेक बुटवल, तिलोत्तमा, लुम्बिनी, छिमेकी ग्रामीण क्षेत्रका बासिन्दाका साथै भारतिय क्षेत्रबाट पनि महोत्सव अवलोकन गर्न आउनेमा आयोजक आशावादी रहेको बताए । महोत्सवलाई ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब १ करोड बराबरको कारोबार गर्ने आयोजकको अपेक्षा रहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई