१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

भैरहवा । राष्ट्रिय स्तरमा ख्याति प्राप्त स्थानीय गायक हेमन्त शर्माको आउने शुक्रबार भैरहवाको गोदावरी प्लाजामा “हेमन्त साँझ” हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमबारे जानकारी गराईएको छ । कोभिडको कारण शिथिल परेको बजारलाई चलायमान बनाउन आवश्यक रहेको बताउदै बजार चलायमान बनाउन कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् ।

अहिले परिवारको साथ पारिवारिक वातावरणमा “गुड फ्राईडे” मनाउने गरि कार्यक्रमबो आयोजना गरिएको छ । फागुन २८ गते शुक्रबार कार्यक्रम हुने आयोजक हरि प्रसाद आचार्यले बताए । सांझ ५ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागि हुन प्रवेश शुल्क वापत १ हजार ५ सय रुपैया र एकजोडी अथवा दुई जनालाई २ हजार ५ सय रुपैया लाग्ने आचार्यले जानकारी दिए । सांगितिक कार्यक्रममा सहभागि हुने दर्शकलाई खानाको समेत व्यवस्था गरिएको उनले बताए । कार्यक्रममा करिब १ सय ५० जोडीलाई सहभागिता गराउने लक्ष्य रहेको गोदावरी प्लाजाले जनाएको छ ।

करिब ८ बर्षको खाडी मुलुकको बसाई पछि स्वदेशमै केही गर्नु पर्छ भन्ने उद्देश्यले स्थानिय अभिजित भुषाल र अभिषेक भुषालले गोदावारी प्लाजा सञ्चालनमा ल्याएका छन् । १ करोड २७ लाख लगानीमा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा सञ्चालित उक्त होटलमा ६ जनाले रोजगारी पाएका छन् । प्लाजाले आगामी दिनमा बस्ने सुविधासहित ६–७ वटा कोठाहरुका साथै कटेज पनि निर्माण गर्ने लक्ष्य राखेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा