६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

काठमाण्डौं । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जनाएको छ । कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण कार्य भइरहेको जानकारी दिइन्।

Advertisement

करिब रु साढे तीन करोड लागतमा निर्माण हुन लागेको पम्प नेपालकै नमूना पम्पका रुपमा रहेको छ । निगमले आफ्नै स्वामित्वको जग्गामा पहिलो पटक अटोमेशनसहित अत्याधुनिक पम्म निर्माण गर्न लागेको हो । पम्पमा दुई वटा डिजेल र ३ वटा पेट्रोलका ‘डिस्पेन्सिङ’ मेसिन राखिने छ । पम्पमा ओपनिङ स्कट, क्लोजिङ स्टक, बिक्री रेकर्ड, गुणस्तरको रेकर्ड कम्प्युटरबाटै हेर्न सकिने छ । पम्प सौर्य ऊर्जाबाट समेत सञ्चालन हुने निगमले जनाएको छ ।

पम्पभित्र एटिएम कार्डबाट भुक्तानी गर्न सकिने, अग्नि प्रतिरोधात्मक एलमिनियम कम्पोजिट मेटेरियलबाट दुई वटा छानो निर्माण गरिने छ । सुरक्षाको लागि अग्नि नियन्त्रणको लागि चार वटा ७० केजी र १० वटा १० केजी क्षमताको ड्राई केमिकल पाउडरसहितको अग्नि नियन्त्रण यन्त्र राखिने छ । पम्पमा अपाङ्गमैत्री शौचालय निर्माण गरिने छ । ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माणको काम आगामी जेठ अन्तिमभित्र सम्पन्न हुनेछ । पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वर्कशप, कफीसप र अत्याधुनिक शौचालयसमेत निर्माण गरिने डिपोले जनाएको छ ।

पम्प सञ्चालन व्यवस्थापन निगमका आफ्नै कर्मचारीसमेत संलग्न हुने छन् । नेपालगन्ज डिपोमा ३२ लाख लिटर पेट्रोल र ७५ लाख लिटर डिजेलको भण्डारण क्षमता छ । निगमले रुपन्दे्रहीको भैरहवामा अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण गरी गत वर्षदेखि नै सञ्चालनमा आएको छ । योसँगै निगमको आफ्नै लगानीमा दुई वटा पम्प हुनेछ । निगमले अन्य ठाउँमा समेत आफ्नै पम्प सञ्चालन गर्ने तयारी गरेको छ । निगम आफैँले पम्प सञ्चालन गर्दा जुनुसुकै बेला पनि इन्धनको वितरणमा हुने हुँदा उपभोक्तालाई सहज हुन्छ । हाल निजीस्तरबाट मुलुकभर एक हजार ५०० सङ्ख्यामा पेट्रोल पम्प सञ्चालनमा छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार