ताजा अपडेट »

टिकटकले भाइरल सडक (फोटो फिचर)

सोमबार, २४ फागुन २०७७, ११ : ३६
12 Shares

दाङ । पछिल्लो समय सामाजिक संजालको प्रयोगले ‘भाइरल’ हुने प्रचलन बढेको छ । सामाजिक सञ्जाल टिकटकका कारण दाङमा हिजो आज सडक भाइरल भएको छ । जुन सडकलाई अवलोक गर्न दैनिक सयौँको संख्यामा मानिसहरु जाने गरेका छन् ।

करिब एक हप्तादेखि दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरदेखि रोल्पाको होलेरी जोड्ने सडक सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको हो । घोराही–१० नारायणपुरदेखि वडा नं. ११ हुदैँ १२ को सिमलकुटीसम्म करिब ९ किलोमिटर सडक कालोपत्रे भएको छ । उक्त सडक अन्तरगत घोराही–११ झुम्केटाँडी भाइरल भएको छ । त्यहाँ भिडियो बनाउनको लागि जिल्लाका विभिन्न ठाउँबाट टिकटक प्रयोग कर्ताहरु पुग्ने गरेका छन् । सामाजिक सञ्चाल टिकटकमा भिडियो देखेपछि आफू पनि हेर्न आएको तुलसीपुरबाट आएकी कल्पना डाँगीले बताइन् ।

सडकको करिब एक किलोमिटर दुरीसम्म टिकटक प्रयोग कर्ताहरु भिडियो बनाउन र फोटो खिच्नमा ब्यस्त भएका हुन्छन् । त्यस्तै, तुलसीपुरबाट आएकी अर्का सुनिल सुनार पनि भाइरल बाटो हेर्न आएको बताए । उक्त ठाउँमा धेरै चहल पहल भएपछि स्थानीयहरु पनि अचम्म परेका छन् । स्थानीय डिल्ली बहादुर वलीले एक हप्तादेखि उक्त ठाउँमा धेरै चहल पहल भएको बताए ।

उनले सडक कालो पत्रे भएको र सर्प घुमेको जस्तै भएकाले टिकटक बनाउनेहरु आउने गरेको बताए । उक्त सडकमा चहल पहल बढेसँगै दुर्घटनामो जोखिम पनि उत्तिकै रहेको स्थानीयहरुको भनाई छ । उक्त सडक निर्माण सम्पन्न भएको करिब ३ महिना भयो । टिकटक भिडियो बनाउनेहरु मात्र खुशी भएका छन् । त्यो चहल पहल देख्दा स्थानीयहरु पनि खुशी भएको स्थानिय एकराज डाँगीले बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी