ताजा अपडेट »

विरोधका बीच अर्थमन्त्री पौडेलले गरे औद्योगिक क्षेत्रको शिलान्यास

शुक्रबार, २१ फागुन २०७७, १४ : ०९
6 Shares

बुटवल । स्थानीयहरुको विरोधका बीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास भएको छ । शुक्रबार बुटवल र तिलोत्तमास्थित तिनाउ नदी उकास क्षेत्रमा औद्योगिक क्षेत्रको अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्न कार्यक्रम स्थल जाँदा स्थानीहरुले अर्थमन्त्री पौडेललेको गाडीमा ढुंंगा प्रहार गरेका थिए । २०७३ सालमा स्थलगत निरिक्षण विना ३ हजार ६२ घर र करिब २ सय ५० विघा जग्गा सहित ८ सय १३ विघा जग्गा रातारात औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा पारेको अहिले पनि गासबासको ग्यारेन्टी नगरी औद्योगिक क्षेत्र निर्माण अघि बढाउन खोजेको स्थानीयहरुको आरोप छ ।

https://www.globalaawaj.com/archives/87799
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।