ताजा अपडेट »

निर्मलाकाे हत्याबारे थप सूचना प्राप्त भइरहेका छन् चाँडै दोषी पत्तालाग्छ : डीआइजी सुबेदी

विहीबार, २० फागुन २०७७, १७ : ०४
2 Shares

दार्चुला । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी उत्तम राज सुवेदीले पछिल्लो समय निर्मलाको हत्यासँग सम्बन्धित घटनामा थप सूचनाहरु प्राप्त भइरहेको बताउँदै उनले चाँडै दोषी पत्ता लाग्ने विस्वास व्यक्त गरे ।दार्चुला सदरमुकाम खलंगामा जिल्ला प्रहरी कार्यालय दार्चुलाद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध नियन्त्रणका लागि सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हून् ।
बैतडीमा भागरथी भट्टको बालात्कारपछि हत्या भएको घटनामा स्वयं घटनास्थलमा खटिएर अनुसन्धान गरी अभियुक्त समात्न सफल भएको स्मरण गर्दै प्रहरी नायव महानिरीक्षक सुवेदीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारासमेत छिट्टै पत्ता लाग्ने बताए ।

नेपाली समाजमा अधिकांश अपराधका घटना आफन्तबाटै भइरहेका छन् । हत्या, हिंसा, बालात्कारजन्य जघन्य अपराधका ८० प्रतिषत घटनामा नजिकका आफन्तको संलग्नता रहने गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ९डिआइजी० उत्तम राज सुवेदीले जानकारी दिए ।दार्चुला सदरमुकाम खलंगामा जिल्ला प्रहरी कार्यालय दार्चुलाद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध नियन्त्रणका लागि सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अपराध तथा विकृति, विसंगति रोकथाम गर्न प्रतेक नागरिक सचेत हुनुपर्ने आवश्यकता रहेको बताए ।

आफूले अनुसन्धान गरेका पाँचसय हत्याका घटनामध्ये सबैभन्दा बढी १५३ घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको पाइएको प्रहरी नायब महानिरीक्षक सुवेदीले जानकारी दिए । यस्तै श्रीमतीले श्रीमानको हत्या गरेका घटना ३२ वटा, दाइभाइ र बाबुछोराबीच ५० भन्दा बढी हत्याका घटना पाइएको उनले बताए । प्रहरीका अनुसार पछिल्लो समय अधिकांश हत्या, हिंसा र आत्महत्याका घटनाहरु आफन्तकै कारण हुने गरेका छन् ।

पछिल्लो समय अपराधका घटनाहरु विश्लेषण गर्दा आफन्तबाटै सचेत हुनुपर्ने बेला आएको छ, प्रहरी नायब महानिरीक्षक सुवेदीले भने, ‘पहिले अपरिचित ब्यक्तिबाट हत्या, हिंसा, बलात्कार जस्ता घटना हुन्थे तर आजको परिवेशमा ८० प्रतिशत त्यस्ता आपराधिक क्रियाकलापहरु अमानवीय ढंगले आफन्त, चिनेजानेको ब्यक्तिबाटै भइरहेका छन् ।

रासस
लेखकको बारेमा
रासस