ताजा अपडेट »

सरकार र विप्लव बीच ३ बुँदे सहमती, प्रधानमन्त्री र विप्लवले सम्बोधन गर्ने

विहीबार, २० फागुन २०७७, ११ : ०९
4 Shares

बुटवल । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तेस्रो चरणको वार्तापछि तीन बुँदे सहमति भएको छ ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव नेतृत्वको नेकपाबाट प्रकाण्डले हस्ताक्षर गरेको प्रेस नोटमा उक्त सहमति भएको उल्लेख छ । विप्लवले शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने र सरकारका तर्फबाट विप्लव नेकपामाथि लागेको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी लगायतका विषयमा सहमति भएको हो ।

सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे एक कार्यक्रम गरी सार्वजनिक गरिने भएको छ । उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नेछन् । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहलाई प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै प्रतिबन्ध लगाएको थियो । २०७५ फागुन २८ गते ’विप्लव’ समूहलाई राजनीतिक पार्टीबाट अलग गरेर प्रतिबन्ध लगाइएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।