ताजा अपडेट »

सरकारलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण

बुधबार, १९ फागुन २०७७, १६ : ५९
10 Shares

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषले (युएनएफपीए) ले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

हस्तान्तरित सामग्रीमा ६ हजार ४८ थान व्यक्तिगत सुरक्षा कवच (पिपिई), ५० हजार जोडा ग्लोब्स्, ५० हजार थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री(आइएआरएच किट्स) रहेका छन् । ती सामग्रीे सहयोगले आवश्यक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा सम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्नेसरकारको प्रयासलाई सहयोग पुर्याउनेछ विश्वास व्यक्त गरिएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा यूएनएफपिए एक प्रतिनिधिद्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई ती सामग्री हस्तान्तरण गरेका थिए । नेपाल, चीन र युनएफीपए बीचको विद्यमान दक्षिण–दक्षिण साझेदारी अन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब रु तीन करोड मूल्य बराबरको पिपिई,आइएआरएच किट्स तथा अन्य सामग्री खरिद गरेको युनएफीपएद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि,औजार तथा अन्य सामग्री छन् । यसले सुरक्षित सुत्केरी गराउन,जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्ने जनाइएको छ ।

सो अवसरमा प्रमुख विशेषज्ञ डा. पोखरेलले भने, “कोभिड–१९ महामारीमा संकटासन्न महिला र किशोरीका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ । हाम्रो प्रयास कोभिड–१९ रोकथामका लागि निरन्तरछ र धेरैजसो वित्तीय र मानवीय स्रोत यही लक्ष्यमा केन्द्रीत छ । यो महत्वपूर्ण समयमा विकास साझेदार निकायको सहयोग प्रशंसनीय रहेकोछ । हामी चीन सरकार र युएनएफपीए प्रति आभारी छौँ ।”मन्त्रालयले प्राथमिकताका आधारमा पिपिई र अन्य सामग्रीहरु वितरण गर्नेछ ।

“स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग र सामग्री उपलब्ध हुँदा महिला र किशोरीकोलागि यौन तथा प्रजनन स्वास्थ्य सेवा सुरक्षित रुपमा प्रदानगर्न सहज हुने वास्तविकत सर्वविदितै छ । नेपालमा प्रगतिशील नीतिगत वातावरणको बाबजुद रोकथाम गर्न सकिने मातृ मृत्यु र लैङ्गिक हिंसाको अवस्था अन्य देशको तुलनामा निकै उच्च रहेको छ । चीन सरकारबाट प्राप्त यस किसिमकोसहयोग अत्यन्तै सराहनीय छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९माहामारी सामना गर्न जारी राखेको प्रयास प्रशंसनिय रहेको छ” नेपालका लागि युएनएफपीएप्रतिनिधि लुब्ना बाकिले भने । यस अघि पनि नेपाल, चीन र युएनएफपीए बीचको दक्षिण–दक्षिण साझेदारी अन्तर्गत एकहजार २०० सेट पिपिई र तीनहजार ६०० थान स्यानिटाइजर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको विज्ञप्तिमा जनाइएको छ ।

रासस
लेखकको बारेमा
रासस