१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौँ ।आगामी चैत २७ देखि २९ गतेसम्म अन्तरराष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा अप्रत्यक्ष माध्यमबाट हुने सम्मेलनमा नेपाललगायत विश्वका १० देशका २०० बढी गणित विज्ञको सहभागिता हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष डा चेतराज भट्टले जानकारी दिए ।

Advertisement

उनले गणितको महत्व र गणित विधाको अनुसन्धान गर्नका लागि सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनमा गणित विषयका २३ वटा विधा समेटिएको छ । उनले सरकारले पनि गणित विषयलाई अवमूल्यन गरिरहेको अवस्थामा गणितको अन्तर्राष्ट्रिय महत्व कति छ भन्ने बुझाउन पनि सम्मेलनले सार्थकता राख्ने बताए ।

सम्मेलनमा नेपाली गणितज्ञले अन्तरराष्ट्रिय मञ्चमा आफ्नो धारणासमेत राख्नेछन् । सम्मेलनबाट गणित विधामा विश्वव्यापीरूपमा भइरहेका अध्ययन अनुसन्धानबारे नेपाली गणितज्ञ परिचित हुने र देशभित्र भइरहेका अध्ययन अनुसन्धान अन्तरराष्ट्रिय जगत्मा परिचित गराउने उद्देश्य रहेको छ ।

सम्मेलनमा पाँचवटा कार्यपत्र, २५ आमन्त्रित कार्यपत्र प्रस्तुत गरिनेछ । गत वर्ष गर्न भनिएका सम्मेलन कोरोना भाइरसका कारणले चैतमा हुन थालेको हो । नेपालमा ५० भन्दा बढीले गणितमा विद्यावारिधि र सयभन्दा बढीले एमफिल गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड