ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना,साइकल यात्रीको मृत्यु

शनिबार, १५ फागुन २०७७, २३ : ४२
6 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना भएको छ । शनिबार राति भएको दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । लु ३७ प ४७९१ नम्बरको मोटरसाइकलले ठक्कर दिई घाइते भएका एक साइकल यात्रीलाई लु १५ प ५५६१ नम्बरको मोटर साइकलले पुनः ठक्कर दिँदा साइकलमा सवार यात्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय , रन्यौराले जनाएको छ।

दुबै मोटर साइकलको ठक्करबाट घाइते भएका साइकल यात्रीको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको र त्यहाँ राती १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सैनामैना–१ बर्माचोकमा भएको दुर्घटनामा परी मृत्यु हुने पुरुषको अहिले सनाखत नभएको र दुबै मोटर साइकल तथा चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

https://www.globalaawaj.com/archives/85152
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।