ताजा अपडेट »

सभापति देउवाद्वारा अन्सारीको निधनप्रति दुःख व्यक्त

बुधबार, ०५ फागुन २०७७, १३ : १५
6 Shares

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीकी धर्मपत्नी मल्लिका वेगम अन्सारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

मल्लिका वेगम अन्सारीको ५५ वर्षको उमेरमा नोवेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा मस्तिष्कघात उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले शोक वक्तव्यमार्फत अन्सारीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट समवेदना प्रकट गरेका छ ।

रासस
लेखकको बारेमा
रासस