ताजा अपडेट »

सीमा क्षेत्रमा ‘विद्यालय सुधार अभियान’

मंगलबार, ०४ फागुन २०७७, १७ : १५
4 Shares

भैरहवा । लुम्बिनी प्रदेशमा सामाजिक विकास मन्त्री सुर्दशन बरालले लुम्बिनी प्रदेशका सीमा क्षेत्रमा रहेका विद्यालयहरु सुधारको लागि सीमा क्षेत्र बिद्यालय सुधान अभियान थालिएको बताएका छन् ।
सरकारका कुनै पनि कार्यक्र सीमा क्षेत्रमा पुग्न नसकेको, बिभिन्न हिसाबले सीमा क्षेत्रमा बस्ने समुदायले दुख पाएको र त्यो शिक्षामा पनि देखिएकोले सीमा क्षेत्रका बिद्यालय लक्षित गरि यो कार्यक्रम ल्याईएको उनले बताएका हुने । बगहा माध्यमिक बिद्यालयले सरस्वती पूजाको अवसरमा प्रदेश सरकार र स्थानिय सरकारले संयुक्त रुपमा निर्माण गरेको विद्यालय भवनको उदघाटन गर्दै मन्त्री बरालले अभियानबारे जानकारी गराएका हुन ।

उनले यसै आर्थिक बर्षमा लुम्बिनी प्रदेशका सीमा सित सटेर रहेका बर्दिया देखी पश्चिम नवलपरासीका ५० वटा विद्यालयमा अभियान पुर्याउने बताए । बिद्यालय, कम्पाउण्ड वाल, शौचालय लगायत भौतिक निर्माणका काममा प्रदेश सरकारले लगानी गर्ने मन्त्री बरालले जानकारी दिए । उनले शिक्षा क्षेत्रमा सामाजिक बिकास मन्त्रालयले उल्लेख्य लगानी गरेको बताए । अहिले मुस्लिम समुदायको छात्राहरुको शिक्षामा पहुच बढाउन छात्रावास निर्माण देखी मदरसाको स्तरोन्नतमिा पनि जोड दिईएको उनले जिकिर गरे ।

यस्तै सोही कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले केन्द्र सरकार र प्रदेश सरकारको गलत नितिको कारण स्थानिय तहमा सामुदायिक विद्यालयहरुको शैक्षिक अवश्थामा सुधार आउन नसकेको गुनासो गरे । “प्राथमिक तहका शिक्षकहरुको भरमा माध्यमिक विद्यालयहरु सञ्चालन गर्नु परिरहेको अवस्था छ, यस बिषयमा न प्रदेश सरकारको ध्यान जान सकेको छ न केन्द्र सरकारको ।” यादवले भने । दरबन्दीको विषयमा चाडै निर्णय गरि स्थानिय तहलाई पनि अख्तियारी दिए मात्रै सामुदायिक बिद्यालयहरु सुधार हुन सक्ने उनले जनाए ।
गाउँपालिकाले आफ्नै पहलमा, आफ्नै श्रोतमा शिक्षकहरुको ब्यवस्था गरि गाउँपालिकाको शिक्षा सुधारको प्रयास थालेको उनले जानकारी दिए । कक्षा १२ सम्मको शिक्षाको लागी गाउँपालिकाले लगानी गरि रहेको उनले जानकारी दिए ।

रोहिणी गाउँपालिका वडा नम्बर १ मा रहेको बगहा माध्यमिक विद्यालयमा प्रदेश सरकारको ५० लाख र रोहिणी गाउँपालिकाको ५ लाख गरि कुल ५५ लाख रुपैयाको लागतमा ४ कोठा भएको २ तल्ले भवन तयार भएको छ । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष ईश्तियाक अहमद खाँनले भवन निर्माण संगै यस क्षेत्रमा रहेका बिद्यार्थी, शिक्षक तथा अभिभावकमा उत्साह थपिएको बताए । उनले प्रदेश र स्थानि सरकारले निर्माण गरेको भवनमा अध्ययन राम्रो भए मात्र यसको उपयोगिता बढने र यसको लागी अभिभावकले पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको बताए ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष ईश्तियाक अहमद खाँनको अध्यक्षता, सामाजिक बिकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, वडा नम्बर १ का वडा अध्यक्ष आविद अली पठान, सदस्य आलमगिर पठान, नेकपा रोहिणीका अध्यक्ष प्रदिप कुमार पाण्डे, रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख आर मोहम्मद खाँन, विद्यालयका प्रधान अध्यापक अजय कुमार मणि त्रिपाठी लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।