ताजा अपडेट »

यूरो किड्स भैरहवालाई उत्कृष्ट अवार्ड

सोमबार, ०६ जेठ २०७६, १५ : ०९
6 Shares

जेठ ६,
ग्लोबल आवाज
भैरहवा । विगत ३ वर्षदेखि भैरहवामा सञ्चालित मन्टेश्वरी संस्था यूरो किड्सले उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । यूरो किड्स हालै एन एक्सिलेन्स अवार्ड फर द बेस्ट इमर्जिङ सेन्टर अफ दि इअर–२०१९ बाट अवार्डेड भएको हो । अन्तराष्ट्रिय फ्रेन्चाइज यूरो किड्स मूल्यांकनमा उत्कृष्ट हुँदै केन्द्रले सो अवार्ड प्राप्त गरेको हो ।


अवार्ड प्राप्त गरेपछि संस्थकी प्रिन्सिपल प्रतिष्ठा चालिसे मल्लले स्थापनाको छोटो समयमा उत्कृष्ट र महत्वपूर्ण उपाधि हासिल प्राप्त गरेकोमा हर्षका साथै सो अवार्ड प्राप्त गर्ने गुणस्तर कायम गर्न योगदान पु¥याउने सबै शिक्षक तथा कर्मचारीहरुलाई धन्यवाद सहित आभार प्रकट गरेकी छन् ।

‘ यो अवार्डका लागि आवश्यक गुणस्तर तथा आधार पूरा गर्न निरन्तर तल्लिन भई आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्ने सबै सहकर्मीहरु प्रति धन्यवाद सहित हार्दिक आभार प्रकट गर्दछु । साथै हाम्रा विद्यार्थी,अभिभावक लगाएत भैरहवावासी सबै शिक्षाप्रेमीहरुलाई पनि धेरै–धेरै धन्यवाद । ‘ उनले भनिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।