ताजा अपडेट »

क्याप्टेन लुना प्रधान

सोमबार, २६ माघ २०७७, १९ : ४०
4 Shares

आजको २१ औ शताब्दिमा समेत नेपालमा महिला र पुरुषलाइ हेर्न समाजको दृष्टिकोण पृथक छ । शुरुवात देखि नै पुरुष सहस र क्षमतावान कहलाउँदा महिलाहरु कमजोर र दयाको पात्रका रुपमा परिभाषित हुँदै आइरहेका छन् । अन्य क्षेत्रमा जस्तै खेलमा समेत महिला सहभागिता असाध्यै न्युन रहेको देखिन्छ ।

खेल प्रशिक्षक नारायण प्रधान र ईश्वरी प्रधानको कान्छी सुपुत्रीका रुपमा काभ्रे जिल्लाको पनौती नगरपालिकामा वि सं २०४३ सालमा लुना प्रधानको जन्म भएको थियो । सन् २००२ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिसकेपछि उनले विज्ञान विषय लिएर आइएस्सी उत्तीर्ण गरिन् । आफ्नै प्रयासले फिलिपिन्समा पाइलट सम्बन्धि कोर्स अध्ययन गरिन् ।

पेशाका हिसाबले हाल उनी यति एयरलाईन्सको Flying Captain हुन । नेपालकै सबभन्दा कम उमेरकी पाइलेट लुनाले हालसम्म झण्डै ९ हजार घण्टा भन्दा बढी आकाशमा उडान भरिसकेकी छिन् । परिवारको डाक्टर बनाउने योजनाको विपरीत आफूलाई आकाश मार्गमा उडान भर्ने सपना साकार पार्न उनी सफल भएकी थिइन् । पछि पिताको पदचाप पछ्याउँदै उनीपनि शारीरिक सुगठन खेल तर्फ समेत लागिन् ।

२०७२ सालमा नेपाल व्यायाम मन्दिरमा सदस्यता लिएर उनले व्यायाम गर्न प्रारम्भ गरिन् । व्यायाम गरेको छोटो समयमै २०७३ सालमा काठमाडौ जिल्ला शारीरिक सुगठन सङ्घको आयोजनामा भएको मिष्टर काठमाडौ शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगितामा उनी सहभागी भइन् ‌। महिला फिजिक्स विधामा उनले कास्यपदक समेत प्राप्त गर्न सफल भइन् ।

सन् २०१४ सालमा नेपाल व्यायाम मन्दिरको आयोजना भएको Women Powerlifting Championship समेत उनले प्रतिस्पर्धा गर्दै उपबिजेता बन्न सफल भएको उनी बताउँछिन् ।चाहे आकाशमा जहाज उडान भर्दा होस् वा शारीरिक सुगठन खेलको मैदानमा दुवै विधामा लुना उतिकै गतिमा अगाडि बढीरहेकी छिन् । हाम्रो तर्फबाट उनको सुखद भविष्य तथा सफल खेल जीवनको शुभकामना छ ।

https://www.globalaawaj.com/archives/79461
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार