ताजा अपडेट »

शारीरिक सुगठनमा जमेका सुरेश

शुक्रबार, २३ माघ २०७७, १७ : ४०
4 Shares

नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा गण्डकी प्रदेशको सदरमुकाम समेत हो । पोखरा प्राकृतिक हिसाबले मात्र महत्वपुर्ण छैन यसले शारीरिक सुगठन खेललाइ जीवन घिमिरे, कमल भण्डारी र सुरेश गुरुङ्ग जस्ता होनहार खेलाडी समेत दिएको छ ।

भारतीय भुतपुर्व सेना रहेका पिता गजबिर र माता मिनमायाको एक मात्र सन्तानका रुपमा सुरेश गुरुङ्गको बि.स. २०३९ फागुन १५ मा सिन्दुरे ज्यामिरेबोट जम्जुङ्गमा जन्म भएको थियो । सैनिक परिवार जन्म लिएका सुरेशले पिताले घरमा नै व्यायाम गरेको देखेर उनिसँगै व्यायाम गर्न शुरु गरे । २०५६ साल देखि उनले पोखरा फिटनेश जिममा जिम गर्न जान थाले । उनले शारीरिक सुगठन खेलमा प्राप्त गरेका उपलब्धीहरु यस प्रकार रहेका छन :

- २०५८ सालमा नेपाल युनिस्को क्लबको आयोजनामा प्रथम मिष्टर पोखरा सुगठन प्रतियोगितामा ५५ केजीमा रजत पदक

-२०६८ बैशाक ३१ गते कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको पश्चिमाञ्चलमा स्तरिय प्रथम मिष्टर माछापुच्छे शारीरिक सुगठन प्रतियोगितामा ६० केजीमा स्वर्ण पदक ।

-२०६८ माघ २ सालमा जिल्ला खेलकुद बिकास समिती कास्की संघको आयोजनामा भएको जिल्ला स्तरिय मिष्टर कोशीमा ६० केजीमा स्वर्ण पदक ।

-२०६८ सालमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा धनगढीमा भएको तेह्रौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६० केजी कास्य समुहमा ।

-२०६९ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा काठमाण्डौमा भएको चौथो मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी समुहमा रजत पदक, नेपाल जिम सिद्धार्थनगर नेपाल जिम सिद्धार्थनगरको आयोजनामा भएको अम्बुजा सिमेन्ट दोश्रो मिष्टर नेपाल शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी समुहमा कास्य पदक र नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा धरानमा भएको चौथौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी समुहमा रजत पदक ।

-२०७० सालमा भएको पश्चिमाञ्चलमा स्तरिय दोश्रो मिष्टर माछापुच्छे शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा प्रथम पदक, जिल्ला स्तरिय प्रथम मिष्टर पर्फक्ट शारीरिक सुगठन प्रतियोगितामा ६० केजीमा प्रथम पदक र पश्चिमाञ्चलमा स्तरिय दोश्रो मिष्टर माछापुच्छे शारीरिक सुगठन प्रतियोगितामा ६० केजीमा प्रथम पदक ।

-२०७१ सालमा पोखरामा भएको प्रथम बुल्समैन राष्ट्रव्यपी शारीरिक सुगठन प्रतियोगितामा प्रतियोगितामा ५५ केजी समुहमा स्वर्ण पदक, कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजनामा पश्चिमाञ्चलमा शारीरिक पाचौ मिष्टर पोखरा सुगठन प्रतियोगितामा ६५ केजीमा प्रथम हुदै उपाधि कब्जा, पोखरामा भएको पश्चिमाञ्चलमा स्तरिय मिष्टर मदन भण्डारी शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी स्वर्ण पदक, नेपाल व्यायाम मन्दिरद्वारा आयोजित तेह्रौ धर्मश्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी समुहमा रजत पदक र नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा काठमाण्डौमा भएको पाचौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी समुहमा स्वर्ण पदक ।

-२०७२ सालमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा नेपालगंजमा भएको पन्धौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी समुहमा रजत पदक ।

-२०७३ सालमा नेपाल व्यायाम मन्दिरद्वारा आयोजित चौधौ धर्मश्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी समुहमा रजत पदक ।

-२०७३ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा काठमाण्डौमा भएको छैटौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी समुहमा रजत पदक ।

-सन् २०१६ मा पाकिस्तानमा भएको Mr. South Asia दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी समुहमा कास्य पदक । शारीरिक सुगठन खेलयात्रामा उनले आफ्ना जिम गुरुका रुपमा अग्रज खेलाडी जीवन घिमिरेलाइ मान्दछन् । दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा कास्य पदक प्राप्त गरेका क्षण नै उनका लागी जीवनमा सबैभन्दा सुखद क्षणका रुपमा लिन्छन् ।

आफ्नो शारीरिक पोज मध्ये Back Dobel Biceps उनलाइ पोज मन पर्छ । वर्षै मेहनत गर्दा पनि शुरुमा केही प्रतियोगितामा सोचे अनुरुपमा नतिजा प्राप्त नभएका दिनहरु नै उनले आफ्नो जीवनका दुखद क्षणका रुपमा मान्छन् । हाल पोखरा अमरसिह चोक स्थित पावर जिममा जिम ट्रेनरका रुपमा क्रियाशील छन् ।

https://www.globalaawaj.com/archives/77517
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार