९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

पर्वत । नेपाली सेना केवलजङ्ग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका–५ बाजुङको ओखलढुङ्गा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको १० लाख र मोदी गाउँपालिकाको २ लाख गरी १२ लाखको लागत तथा एक लाख बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको हो ।

Advertisement

स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुङ्गावासीका लागि करिब दुई महिनाको अन्तरालमा खानेपानी योजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । विगतका समयमा खानेपानी पर्याप्त नहुँदा समस्यामा परेका ओखलढुङ्गाका २२ घरपरिवारका लागि अहिले घरघरमा खानेपानीका धारा सञ्चालनमा आएका छन् । खोलाबाट पाइपमा पानी ल्याएर गाउँमा दुईवटा मात्रै धारा सञ्चालनमा ल्याइएको र सोही पानीलाई सबै परिवारले उपभोग गर्दै आएकामा नेपाली सेनाले आयोजना सञ्चालनमा ल्याएपछि स्थानीयवासीलाई राहतको महसुस भएको स्थानीयवासी कृष्णबहादुर क्षेत्रीले बताए ।

कार्यक्रममा खानेपानी आयोजनाको नेपाली सेना पश्चिम पृतना हेडक्वाटरका पृतनापति विनयविक्रम राणा र मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले संयुक्तरूपमा शुभारम्भ गरे । कार्यक्रममा पृतनापति राणाले नेपाली सेना सदैव जनताको साथमा रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा समाजमा प्रभाव पार्ने काम सेनाले सञ्चालन गर्दै आएको स्पष्ट पारे ।

मोदी गाउँपालिका पर्वतका अध्यक्ष प्रेम पौडेलले नेपाली सेनाको सामाजिक सेवाभावप्रतिको जागरुकताको कदर गर्दै साँच्चिकै समस्यामा परेका नागरिकलाई सेनाले सदैव सहयोगी भाव दर्शाउनसमेत अनुरोध गरेका थिए । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले समेत नेपाली सेनाले गरेको कार्यको प्रशंसा गरे । उक्त आयोजनाबाट मोदी गाउँपालिका–५ बाजुङ ओखलढुङ्गा गाउँका २२ परिवारसहित एक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित हुने भएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित तिलोत्तमामा खाँणले अग्रता बढाउँदै, चापागाईँ भन्दा ३५७ मतले अगाडि स्थानीय निर्वाचन: एक समीक्षा बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य रुपन्देहीमा पालिका प्रमुख हार्दा उपप्रमुखमा भने एमालेको बर्चश्व सकसमा नेपाली अर्थतन्त्र धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते