ताजा अपडेट »

बुटवलमा टिकटक प्रतियोगिता,१० हजार नगद पुरस्कार

सोमबार, १९ माघ २०७७, १८ : ०३
4 Shares

बुटवल । ईडिआई ग्लोबल एजुकेशन, बुटवलले टिकटक प्रतियोगिता गर्ने भएको छ । एजुकेशनका नेपालका लागि हेड अफ मार्केटिङ, कमल ज्ञवालीका अनुसार टिकटक प्रतियोगितामा सहभागि हुन चाहनेले फागुन १ गतेभित्र रजिस्टेशन गर्नु पर्ने छ ।

टिकटक प्रतियोगितमा सहभागि भई विजेता हुनेले नगद १० हजार पुरस्कार र प्रमाण पत्र प्राप्त गर्ने हेड अफ मार्केटिङ, ज्ञवालीले बताए । ‘टिकटक बालबालिका, किशोर, युवा युवतीहरु धेरै नै प्रयोग गरेका छन् । जसमा अहिले सकारात्मक भन्दा पनि नकारात्मक भिडियोहरु बनाइएको पाइएको छ ।’ उनले अघि भने ‘टिकटकको माध्यमबाट पनि केही राम्रो भिडियो बनाएर समाजलाई सकारात्मक सन्देश दिन सकिन्छ ।’

उक्त प्रतियोगितामा सहभागि हुने १६ वर्ष भन्दा धेरै भएको हुनु पर्ने छ । यस्तै प्रतिस्पर्धीहरुले बुटवलको मिलनचोकमा रहेको ईडिआई ग्लोबल एजुकेशनको कार्यालय परिसर भित्र टिकटक भिडियो बनाउनु पर्ने छ ।

भिडियोमा कुनै अश्लील र आपत्तिजनक विषय समावेश गर्न नपाइने र सन्देशमुलक हुने पर्ने संचालक ज्ञवालीले जानकारी दिए । सबैभन्दा बढि लाइक, कमेन्ट र सेयर हुनेले प्रतियोगिता जित्ने छ भने विजेताका नाम चैत्रको पहिलो हप्ता ईडिआई ग्लोबल एजुकेशनको पेजबाट सार्वजनिक हुने छ । प्रतियोगिताका बारेमा अन्य कुनै जानकारी लिन ९८६७१०५११८ मा प्रतिस्पर्धीले सम्पर्क गर्न सक्ने छ्न भने ईडिआईको पेजमा गएर हेर्न पनि सकिने छ ।

‘टिक–टक’ एक सोशल मिडिया ऐप्लिकेशन हो जसको माध्यम स्मार्टफोन प्रयोगकर्ताले १५ सेकन्ड सम्मको सानो/साना भिडियोहरु बनाएर शेयर गर्न सक्छन् । जुन अचेल बालबालिका, किशोर, युवाले असाध्यै रुचाउने एप पनि हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।