ताजा अपडेट »

पोजिङ्ग किङ्ग विजेन्द्रमान श्रेष्ठ

शुक्रबार, १६ माघ २०७७, १७ : ५९
8 Shares

नेपालमा हुने शारीरिक सुगठन खेलप्रेमी दर्शकहरु असाध्यै रुचाएका खोलाडी हुन, विजेन्द्रमान श्रेष्ठ । खेलको मुख्य आकर्षणका रुपमा रहने म्युजिकल राउण्डमा धेरै दर्शक उनको प्रस्तुतीको पर्खाइमा हुन्छन् । जव उनि संगीतको धुनमा आफ्नो शारीरिक प्रस्तुती प्रारम्भ गर्छन दर्शकहरु रोमान्चित भएर चिच्याउन थाल्छन् । हो आज हामी तिनै चर्चित खेलाडी विजेन्द्रमान श्रेष्ठका बारेमा चर्चा गर्ने प्रयास गर्दैछौ ।

पिता राजेन्द्र र माता शान्ति देबीको सुपुत्रका रुपमा बि स २०३५ भाद्र ८ गते तानसेन टक्सार टोलमा विजेन्द्रमान श्रेष्ठको जन्म भएको थियो । युवा अवस्थामा आफ्नै पिताबाट प्रभावित भएर उनि व्यायाममा आकर्षित भए । ज्यान बनाउन कक्षा ८ मा पढ्दै गर्दा श्रीनगर हेल्थ क्लब जान थाले । बैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिकाको केन्या शहरमा शारीरिक सुगठन ट्रेनरका रुपमा उनले केही वर्ष काम गरे । शारीरिक सुगठन खेलयात्रामा पाल्पाली खेलाडी सरोज श्रेष्ठलाइ उनले आफ्ना जिम गुरुका रुपमा मान्दछन् । उनिसँग जिम गर्ने समकक्षी साथीहरुमा लाल बहादुर गरुङ्ग मुन्ना, बुद्धिजङ्ग कार्की र बिज्ञान श्रेष्ठहरु थिए । उनले शारीरिक सुगठन खेल यात्रामा प्राप्त गरेका उपलब्धीहरु यस प्रकार रहेका छन :

- २०५२ नेपाल व्यायाम मन्दिर शाखा तैलिहवाको आयोजनामा भएको तेश्रो मिष्टर लुम्बिनी शारीरिक सुगठन प्रतियोगितामा ५५ केजीमा छैठौ ।

-२०५४ सालमा आलम्पियन जिम सेन्टर तैलिहवाकोको आयोजनामा भएको प्रथम मिष्टर पश्चिमाञ्चलमा ६० केजीमा बजन समुहमा छैठौ।

-२०५५ सालमा नेपाल व्यायाम मन्दिर शाखा सिद्धार्थनगरको आयोजनामा भएको चौथो मिष्टर लुम्बिनी शारीरिक सुगठन प्रतियोगितामा ६० केजीमा रजतपदक ।

-२०६० नेपाल जिम सिद्धार्थनगरको आयोजनामा भएको तेश्रो मिष्टर पश्चिमाञ्चलमा ६५ बजन समुहमा कास्यपदक ।

-२०६२ सालमा पश्चिमाञ्चलमा शारीरिक तेश्रो मिष्टर पोखरा सुगठन प्रतियोगितामा ७० केजीमा पाचौ स्थान र २०६२ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको पाँचो मिष्टर पश्चिमाञ्चलमा शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा रजतपदक ।

-२०६३ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको चौथो मिष्टर पश्चिमाञ्चलमा शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा चौथो स्थान, कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजनामा पश्चिमाञ्चलमा शारीरिक चौथो मिष्टर पोखरा सुगठन प्रतियोगितामा ६५ केजीमा कास्यपदक ।

-२०६८ सालमा कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको पश्चिमाञ्चलमा स्तरिय प्रथम मिष्टर माछापुच्छे शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा रजत पदक, राष्ट्रिय खेलकुद परिषदको आयोजनामा धनगढीमा भएको तेह्रौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी रजत समुहमा, रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको दोश्रो बुटवलश्री लुम्बिनी अञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी भन्दा माथिको समुहमा स्वर्ण पदक र रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको दोश्रो बुटवलश्री लुम्बिनी अञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी भन्दा माथिको समुहमा स्वर्ण पदक ।

-२०६९ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा धरानमा भएको चौथौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी समुहमा कास्यपदक, नेपाल जिम सिद्धार्थनगर नेपाल जिम सिद्धार्थनगरको आयोजनामा भएको अम्बुजा सिमेन्ट दोश्रो मिष्टर नेपाल शारीरिक सुगठन प्रतियोगितामा ७० केजी समुहमा रजत पदक ।

-२०७० सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको तेश्रो बुटवलश्री लुम्बिनी अञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी भन्दा माथिको समुहमा स्वर्ण पदक, पश्चिमाञ्चलमा स्तरिय दोश्रो मिष्टर माछापुच्छे शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा स्वर्ण पदक र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा नेपालगंजमा भएको चौधौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी समुहमा चौधौ ६५ केजीमा चौथो स्थान ।

-२०७१ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको चौथो बुटवल श्री लुम्बिनी अञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी भन्दा माथिको समूहमा बिजेता बन्दै उपाधि बिजेता, पोखरामा भएको पश्चिमाञ्चलमा स्तरिय मिष्टर मदन भण्डारी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी बिजेता बन्दै उपाधि चुम्न सफल, नेपाल व्यायाम मन्दिरद्वारा आयोजित तेह्रौ धर्मश्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा चौथो स्थान, नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा काठमाण्डौमा भएको पाँचौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी समुहमा चौथो स्थान, पोखरामा भएको पश्चिमाञ्चलमा स्तरिय शारीरिक सुगठन प्रतियोगिताको ७५ केजी समुहमा प्रथम स्थान, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितीको आयोजनामा भएको क्षेत्रीय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी समुहमा प्रथम स्थान र पोखरामा भएको प्रथम बुल्समैन राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा प्रतियोगितामा ७० केजी समुहमा चौथौ स्थान ।

-२०७२ सालमा हिमालय किङ्गडम नेपाल बडी बिल्डिङ्ग फडरेशनबाट आयोजित प्रथम मिस्टर नेपाल शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समूहमा पाचौ स्थान ।

-२०७३ सालमा नेपाल व्यायाम मन्दिरद्वारा आयोजित चौधौ धर्मश्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी समुहमा पाँचौ स्थान, २०७३ रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको प्रथम पश्चिमाञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजीमा स्वर्णपदक र नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा काठमाण्डौमा भएको छैठौ मिष्टर हिमालय र सितु राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी समुहमा चौथो स्थान ।

-सन् २०१६ मा हङ्गकङ्गमा आयोजित Arnold Classic Amateur Asia शारिरीक सुगठन प्रतियोगितामा उनले ले पाँचौ स्थान प्राप्त गर्न सफल भएका थिए ।

-२०७५ सालमा एलाइनेट जिम घरानमा आयोजनामा भएको दोश्रो नेपाल च्याम्पियन राष्ट्रव्यपी शारीरिक सुगठन प्रतियोगितामा ७० केजीमा कास्य पदक सहित बेष्ट पोजर, नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा काठमाण्डौमा भएको सातौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी समुहमा रजत पदक, नेपाल व्यायाम मन्दिरद्वारा आयोजित पन्धौ धर्मश्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी समुहमा पाँचौ स्थान, पोखरामा भएको तेश्रो बुल्समैन राष्ट्रव्यपी शारीरिक सुगठन प्रतियोगितामा ७० केजी समुहमा पाँचौ स्थान र सालमा भएको दोश्रो मिष्ट्रर एभरेष्ट्र राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा ७० केजी समुहमा पाँचौ स्थान ।

-२०७६ सालमा कपिलबस्तु जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको कपिलबस्तुश्री राष्ट्रिव्यापी शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी समुहमा रजत पदक, राष्ट्रिय खेलकुद परिषदको आयोजनामा बुटवल भएको पन्धौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी समुहमा कास्य पदक एलाइनेट जिम घरानमा आयोजनामा भएको तेश्रो नेपाल च्याम्पियन राष्ट्रव्यपी शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा चौथो स्थान सहित बेष्ट पोजर र बिरगंजमा आयोजनामा भएको प्रथम रेन्वे क्लासिक राष्ट्रव्यपी शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा रजत पदक ‌।

जीवनका सुखद क्षणको स्मरण गर्दै उनि भन्छन्, "म सन् २०१६ मा हङ्गकङ्गमा आयोजित Arnold Classic Amateur Asia शारिरीक सुगठन प्रतियोगितामा सहभागी हुन जादाँ मिष्टर औलम्पिया बिजेताहरु क्रमशः Arnold, Bandon Curry, Flex Wheller, Chadwick Macmillan सँग भेट भएको क्षण नै मेरा लागी जीवनमा सबैभन्दा सुखद क्षण रह्यो ।" आफ्नो शारीरिक पोज मध्ये Back Dobel Biceps उनलाइ पोज मन पर्छ ।

बिगत डेढ दशक देखि विजेन्द्र बुटवलमा नै आफ्नै लगानीमा संचालित बुटवल फिटनेस एण्ड जिममा आफू जस्तो प्रतिभावान खेलाडीहरूलाइ व्यायामका शिपहरु सिकाउदै आफू पनि आगामी प्रतियोगिताको तयारीमा व्यष्त रहेको भेटिन्छन् । लामो शारीरिक सुगठन खेल यात्रा तथा यस खेल प्रतिको उनको समपर्णभावको उच्च सम्मान गर्दै उनलाइ रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले उनलाइ सम्मानित गरेको छ ।

https://www.globalaawaj.com/archives/77113
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार