२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

धादिङ । कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही विद्यार्थी यही हुलमा थिए । उनीहरुको शरीरमा पातलो कपडा छ । थरथर कापिरहेका आठ विद्यार्थीमध्ये पाँचले आमा गुमाएका र तीन जना बाबुआमा दुबै गुमाएर अभिभावकविहीन हुन् । यो कथा जस्तो लाग्ने विषय बेनिघाटरोराङ गाउँपालिका-३ खानी गाउँमा रहेको तीन कन्या बागेश्वरी आधारभूत विद्यालय खानी गाउँको हो ।

Advertisement

यो विपन्न बालबालिका पढ्ने विद्यालयको रुपमा परचित छ । एउटा पातलो लुगामा देखिएका चार वर्षीय सिर्जन प्रजा यहाँ पढ्छन् । उनको बाबुले दुई वर्ष अघि आत्महत्या गरे । बाबुको मृत्युपछि भूकम्पले भत्काएको घर पुनः निर्माण प्राधिकरणको सहयोगमा बनाउँदै गर्दा आमा ६ महिना अघि विवाह गरेर गएपछि सिर्जन अब टुहुरा भए । ६ वर्षीया दिदी आक्रेसी र ११ वर्षीया आक्रोसी उनका अभिभावक भएका छन् जो सँगै विद्यालय आउजाउ गर्छन् ।

एकसरो लगाउने लुगा छैन । मैलो भएको लुगा, अनुहारमा समेत निन्याउरो पार्दै विद्यालय आएका उनीहरु कहिलेकाहीँ मात्र घरमा खाना खाएर आउने गरेको उनीहरुले राससलाई बताए । घरमा कोही नभएपछि मामाघर वृद्ध हजुरबुबा हजुरआमाको संरक्षणमा रहेका चेपाङ बालबालिकाको अवस्था टिठलाग्दो र दयनीय छ । जसको अब कोही नभए पनि पढ्नमा भने अब्बल रहेको र विद्यालयको उत्कृष्ट विद्यार्थी रहेर पनि सबै किसिमको सहयोग गर्न नसकिएको विद्यालयका शिक्षक दुर्गा कार्कीले बताए ।

त्यहाँ अध्ययन गर्ने ४ वर्षीय सानुकान्छा, ३ वर्षीया गङ्गा र जमुना मगरको आमाले एक वर्षअघि गरिबीले आत्महत्या गरेकाले सहाराविहीन बन्न बाध्य भए । उनीहरुको अभिभावक भनेको कक्षा २ मा पढ्ने दावा र कक्षा ३ मा पढ्ने गीता मगर मात्र हुन् । चरम गरिबी झेलिरहेका उनीहरुको बाबु ज्याला मजदूरी गर्छन् । कहिलेकाँही मात्र घरमा खाने कुरा ल्याउछन् । धेरैजसो घरमा आउँदैनन् । खाने कुरा अभावमा उनीहरु धेरैजसो खाली पेट विद्यालय आउँछन् । भोकै आएको दिन विद्यालयले खाजा खुवाउने समय कुर्छन् ।

उनीहरुको बाबु छन् तर खाना र लुगा लगाउन नै समस्या छ । मैलो र पुरानो कपडामा विद्यालयमा देखिएका उनीहरु गरिबीसँग जुधेर भए पनि पढाइमा भने अब्बल छन् । विद्यालयले दिने खाजाका लागि आउने र पढाइमासमेत राम्रो भएका चेपाङ र मगर परिवारका बालबालिका अवसर पाए प्रगति गर्नसक्ने क्षमता भएका विद्यार्थीमध्ये रहेको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर लोहनीले बताए ।

चरम गरिबीले सरक्षक नै गुमाएका बालबालिकाका लागि स्थानीय सरकार, शिक्षाका लागि काम गरिरहेका सहयोगी र अन्य दाताहरुलाई सहयोग उपलब्ध गराउने वातावरण बनाउन विद्यालयका शिक्षकहरुले आग्रह गरेका छन् । विद्यालयमा ३० दलित, सात चेपाङ, २९ जनजाती र अन्य ३६ गरी १०२ बालबालिकाले अध्ययन गरिरहेको प्रधानाध्यापक लोहनीले जानकारी दिए । विद्यालयमा ४५ छात्रा छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक डेँगुबाट कसरी बच्ने ? यस्तो छ डा. नन्दु पाठकको सुझाव एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदामा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा