ताजा अपडेट »

शारीरिक सुगठन खेलमा रमाएका प्रकाश

बुधबार, १४ माघ २०७७, १७ : ४६
2 Shares

बि.स. २०३० सालमा पिता पदम बहादुर र माता पुर्णमायाका सन्तानका रुपमा प्रकास प्रजापतिकाे जन्म ज्याठा छुस्याबहालमा भएको थियोे । सानैदेखि खेलकुदमा रुचि राख्ने प्रकासलाई घर नजिकै रहेको नेपाल व्यायाम मन्दिरमा जिम गर्ने आउने जाने बडी बिल्डरहरुकाे ज्यान देखेर शारीरिक सुगठन खेल लाग्न आकर्षित गर्याे ।

२०४५ सालमा उनले पनि सदस्यता लिएर नेपाल व्यायाम मन्दिरमा जिम शुरुवात गरे । अग्रज खेलाडी सराेज श्रेष्ठ तथा तिर्थ महर्जनलाई गुरु मानेर प्रकाश व्यायामकाे गहिराइमा डुवुल्की मार्ने थाले । बि.स. २०४९ सालमा कुसुम स्पोट्स क्लबको आयोजना सर्वमान्य नेता गणेशमान सिह प्रमुख अतिथ्यतामा काठमाण्डौमा भएको खुल्ला शारीरिक सुगठन प्रतियोगिता नै उनको शारीरिक सुगठन खेलकाे पहिलो सिंडी थियो । उनले यस खेलमा प्राप्त गरेको उपलब्धिहरु प्रकारका रहेका छन् :

-२०५० सालमा नेपाल व्यायाम मन्दिरद्वारा आयोजित तेस्रो धर्मश्री शारीरिक प्रतियोगितामा ६५ केजीमा कास्यपदक ।

-२०५२ सालमा आयोजित Strong Man of Bench Press Championship मा पाँचौं स्थान ।

-२०५२ सालमा प्रथम कान्तिपुर खुला शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा छैटौं स्थान ।

- २०५२ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश संधद्वारा आयोजित प्रथम मिष्टर हिमालयमा ७० केजी तौलसमूहमा कास्य पदक ।

-२०५३ सालमा आयोजना भएको मिष्टर सगरमाथा ६० केजी वजन समुहमा स्वर्ण ।

-२०५३ सालमा आयोजित तेस्रो Everest Classic शारीरिक सुगठन प्रतियोगितामा आफ्नो वजन समूहमा दोस्रो ।

-२०५३ सालमा भएको चाैथाे धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा स्वर्ण पदक सहित वेष्ट पाेजरकाे उपाधि ।

-२०५५ सालमा भएको छैठौं धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा ६० केजीमा तृतीय

-२०५५ सालमा आयोजित काठमाडौँ कप बडी बल्डिङ्ग च्याम्पियनसिपमा ६० केजी तौलसमूहमा रजत पदक ।

प्रकाशलाई आफ्नो शारीरिक पाेज मध्ये माेष्ट मस्कुलर पाेज सबैभन्दा बढी मन पर्छ ।आफ्नो डाइट प्लान बारे चर्चा गर्दा प्रकासलेे आहारका रुपमा साेयामिल्क, भाटमास, अण्डा, बफमिट र माैसमी फलफुल खाने गरेको उनले बताए। उनले नेपाल व्यायाम मन्दिरमा २०५१ सालदेखि २०५७ साल तथा २०६० देखि २०६६ सम्म प्रशिक्षकका रुपमा समेत कार्य गरेका छन् ।

जीवनमा सबैभन्दा खुशी क्षणका रुपमा चाैथाे धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीमा स्वर्ण पदक सहित वेष्ट पाेजरकाे उपाधि जित्दाकाे क्षणलाई मान्छन् । खेलयात्रामा सबैभन्दा दुखद क्षण सम्झदा उनलाई २०५३ सालमा आयोजना भएको मिष्टर सगरमाथा प्रतियोगिताकाे स्मरण आउँछ । उनी भन्छन्, " त्यो प्रतियोगितामा खेल्न मैले ७ केजी भन्दा बढी वजन घटाएको थिए । खेलकाे छनाैट चरणमा सहभागी हुदै गर्दा खुट्टाका मांसपेशीहरु फर्केर हिड्न नसक्ने भए । सकि नसकि बल्लतल्ल छनाैट चरण पार गरेर घर फर्के ।

भाेली हुने फाइनल खेलमा कसरी सहभागी हुने हाेला ? भनेर रातभर निदाउन सकिएन । जसाे तसाे दुई बहिनीलाई मालिश गर्ने लगाएर प्रतियाेगितामा सहभागी भए।नतिजा राम्रो नै भएछ म आफ्नो बजन समुहको विजेता बन्न सफल भएछु ।" प्रकाशले फिटनेश ट्रेनरका रूपमा २ वर्ष भन्दा बढी दुबईकाे सामुराई हेल्थ क्लबमा काम गरेर अनुभव समेत लिने अवसर पाएका थिए । शारीरिक सुगठनका चर्चित खेलाडी बिमललाल श्रेष्ठ, नरेश मालाकार, सराेज मानन्धर र सुरेश खत्री जस्ता खेलाडीहरुलाई लामो समयसम्म च्याम्पियन बनी रहने शिप सिकाउने, उनै प्रकाश प्रजापति हुन् ।

उनले सक्रिय खेल जीवनबाट बिदा लिएपछि २०७१ सालमा शारीरिक सुगठन खेल राष्ट्रिय निर्णायकको लाइसेन्स लिन सफल भए । २०७० सालमा आफ्नो निजी लगानीमा काठमाडौं तहाचलमा कम्फर्ट जिम एण्ड फिटनेस सेन्टर संचालन गरेर हालसम्म पनि प्रशिक्षकका रुपमा कार्यरत रहेका प्रकास बताउँछन् । उनले शारीरिक सुगठन खेलमा पुराएको योगदानको कदर गर्दै नेपाल व्यायाम मन्दिरबाट रत्न कदर पदकबाट उनलाई सम्मान समेत गरेको थियो ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार