ताजा अपडेट »

३ महिनाभित्र सबै नेपालीलाई कोरोना विरुद्धको खोप निःशुल्क : प्रधानमन्त्री

बुधबार, १४ माघ २०७७, १२ : ०२
6 Shares

काठमाडौँ । कोरोना विरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले निःशुल्क पाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सबै नेपालीले निःशुल्क खोप पाउने बताएका हुन् । यस्तै, उनले कोरोना भाइरस नियन्त्रणमा पालिकाहरुले ठूलो भूमिका निर्वाह गरेको र उनीहरुले देखाएको सक्रियताको जति प्रशंसा गरे पनि नपुग्ने बताएका छन् ।

प्रमुख प्राथमिकता रहेको भन्दै उजले कोरोना संक्रमण सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको कामप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले खोप उपलब्ध गराएकोमा भारतका प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि धन्यवाद दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।