March 9, 2021, Tuesday
२०७७ फाल्गुन २५, मंगलवार

निर्वाचन तोकिएको समयमै हुन्छ : प्रधानमन्त्री

390

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने दाबी गरेको छन् । दाङको राप्ती गाउँपालिकाको लालमटियामा आफू निकट (नेकपा) जिल्ला संगठनले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताए ।

‘ देश निर्वाचनको बाटोमा गइसकेको भन्दै ओलीले निर्वाचन गराउँदैनन् भन्नेको कुराको पछि नलाग्नुहोस् । चुनावको तयारीमा लाग्नुहोस् । निर्वाचन हुँदैन भनेर बाटो अलमलिएका मान्छेको पछि नलाग्नुस् ।’ उनले भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई लक्षित गर्दै बाटो बिराएको मान्छेको संज्ञा दिए ।’ ‘बुझ पचाउने नेताहरूलाई जनताले आफैँ बाटो लगाइदिन्छन्। चुनावलाई स्वतन्त्ररूपमा गर्नका लागि युवा लाग्नुहोस्, कुनै प्रकारका प्रचारका अभियान कसैले कसैलाई बिथोल्न नसकोस्, भन्ने उनको बुभाई छ । प्रधानमन्त्री आलीले प्रशासन तथा प्रहरी प्रशासनलाई चुनाव तोकिएकै समयमा भएकाले आफ्ना तयारीमा लाग्नसमेत आग्रह गरे ।

त्यसैगरी उनले देश विकासको लहरमा लागिसकेको समेत बताए । ‘ देश विकासको बाटोमा लागिसकेको छ। समृद्ध नेपाल निर्माणको अभियानमा छौँ’ उनले, ‘हामी विकसित बाटोमा लागिसकेका छौँ। अब हाम्रो बालबालिका किताबमा होइन ल्यापटपमा पढ्छन् । देश विकासको बाटोमा गइसक्यो।’ त्यस्तै उनले आज देश विशेष परिस्थितीमा रहेको भन्दै देशले परिर्वतन, अग्रमण, विकास चाहेको समेत बताए । ‘देशले शान्ति र जनताले आफ्नो जिवनमा परिर्वतन चाहेका उनले बताए ।

अभिभावक नभएका जनताहरु अभिभावक र साहारा खोजेका छन् । जनता प्रति उत्तरदायि हुने सरकार चाहिएको छ । तर, त्यो कुरा देख्न, सुन्न नसक्ने जन्तुहरु असफल पार्नका लागि विभिन्न प्रकारका बहानामा देशलाई अफलतातर्फ लाग्न खोजेका आरोप लगाए ।

पछिल्लो अपडेट