६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

रुकुम (पूर्व) । यहाँका विभिन्न ठाउँमा नयाँ १० मतदान स्थल थप गर्न सिफारिस गरिने भएको छ । मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० ठाउँमा मतदान स्थल थप गर्न सिफारिस गरी पठाउने निर्णय गरेका हुन् । 

जिल्लामा मतदान स्थल र मतदान केन्द्र थप गर्ने विषयमा छलफल भई १० ठाउँमा नयाँ मतदान स्थल तोक्नका लागि सिफारिस गर्ने निर्णय भएको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी हर्कबहादुर शाहीले जानकारी दिए । उनका अनुसार सिस्ने गाउँपालिकामा चार, पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकामा तीनतीन ठाउँमा नयाँ मतदान स्थल थप गर्नका लागि सिफारिस गररेर पठाइने छ । 

सिस्ने–१ को भट्टेचौर, वडा नं २ को नायगाड, ४ को झाक्रिपोले र ६ को खोपिचारमा नयाँ मतदान स्थलका लागि सिफारिस गरिने शाहीले बताए । यस्तै भूमे–६ को नाखे, वडा नं ८ को कुचिबाङ, ९ को सिमचौर, पुथाउत्तरगङ्गा–२ को हार्दिबाङ, वडा नं १० को घुम्लिबाङ र ७ को जाङमा नयाँ मतदान स्थलका लागि सिफारिस गर्ने निर्णय भएको शाहीले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै