ताजा अपडेट »

उदाहरण बन्दै मौलादिन मियाँ

बुधबार, ०७ माघ २०७७, २१ : ४९
8 Shares

नेपालमा हुने खेलकुद गतिविधिहरुमा हेर्ने हो भने अल्पसंख्यक मुस्लिम समुदायबाट असाध्यै न्युन खेलाडीहरुकाे प्रतिनिधित्व भएको देखिन्छ । अझ शारीरिक सुगठन खेलमा त झन् बिरलै मात्र औंलामा गन्न सकिने खेलाडीहरु भेटिन्छन् । तिनै खेलाडी मध्ये एक हुन मौलादिन मियाँ । बाबु यासिनदिन मियाँ र आमा हनिफा खातुनका कोखबाट माईला छोराको रुपमा वि.स. २०३७ बैशाख ८ गते कास्की पोखरा १३ मियाँपाटन कुडहरमा मौलादिन मियाँको जन्म भएको थियो ।

एकदमै गरिब बिपन्न मुस्लिम परिवारमा जन्मेका मौलादिन सानोमा दुब्लो होचो कदगाठीमा थिए । उनका पिता पुर्ख्यौली पेशा घडी रेडियो मोबाइल मर्मत गर्ने गर्थे । सानाेबाट नै उनलाई शारीरिक सुगठन खेलका खेलाडीहरु मन पर्थ्यो, खाजाका पैसा बचाएर कोठामा तिनिहरुको पोस्टर किनेर भिताहरुमा टास्ने गर्थें । उनले २०६० सालबाट पोखरा ब्यायामशाला तेर्सापटिबाट जिम गर्न शुरूवात गरे । आर्थिक अभावका कारण उनको अध्ययन माध्यमिक तहमा नै रोकिन पुग्यो । तर उनले पसलको व्यापारबाट बचत गरेर जिम लाई निरन्तरता दिइ राखे । आफूले गरेका मेहनतले एकदिन अवस्य आफ्नो लक्ष्यमा पुगिन्छ भन्ने दृढ विश्वास लिएर हार नमानी व्यायाममा लागी परे ।

उनको व्यायाम गुरु र आदर्श जीवन घिमिरेबाट शारीरिक सुगठनका सिपहरु हासिल गर्न कस्सिए । कहिलेकाही सामान्य विमारी हुदां आमाले माया गर्दै ,'बाबु गरुँगो चिसो फलाम उचालेर हाे । अब देखि नजाउ है।' भनेर सम्झाउने गरेको आज आमाले माैलालिन संझन्छन् । आफ्नो शारीरिक पाेज मध्ये Most Muscular Pose सबैभन्दा उनलाई मन पर्छ ।

शारीरिक सुगठन खेलमा प्राप्त गरेका उपलब्धिहरु यसप्रकार रहेका छन् : २०६४ सालमा कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजनामा पश्चिमाञ्चलमा शारीरिक मिष्टर पोखरा सुगठन प्रतियोगितामा ५५ केजीमा चौथो स्थान। २०६८ सालमा कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको पश्चिमाञ्चलमा स्तरीय प्रथम मिष्टर माछापुच्छ्रे शारीरिक सुगठन प्रतियोगितामा ५५ केजीमा रजत पदक । २०६९ सालमा जिल्ला खेलकुद बिकास समिती कास्कीको आयोजनामा भएको जिज्ला स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ५५ केजीमा स्वर्ण पदक ।

२०७० सालमा कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको पश्चिमाञ्चलमा स्तरिय दोश्रो मिष्टर माछापुच्छे शारीरिक सुगठन प्रतियोगितामा ५५ केजीमा कास्य पदक । २०७० सालमा पोखरा स्पोर्टस आयोजनामा भएको प्रथम परफेक्ट शारीरिक सुगठन प्रतियोगितामा ५५ केजीमा रजत पदक । २०७१ सालमा कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको पश्चिमाञ्चलमा स्तरिय पाचौ मिष्टर पोखरामा ५५ केजी समुहमा कास्य पदक ।

यसैगरी २०७१ पोखरामा भएको पश्चिमाञ्चलमा स्तरिय मिष्टर मदन भण्डारी शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी स्वर्ण पदक । २०७३ सालमा कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको पश्चिमाञ्चलमा स्तरिय तेश्रो मिष्टर माछापुच्छे शारीरिक सुगठन प्रतियोगितामा ५५ केजीमा कास्य पदक । २०७५ सालमा KBBFA आयोजनामा भएको प्रथम प्रदेश स्तरिय मिष्टर पोखरा शारीरिक सुगठन प्रतियोगितामा ६० केजीमा स्वर्ण पदक । २०७५ सालमा कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको पश्चिमाञ्चलमा स्तरिय चाैथाे मिष्टर माछापुच्छे शारीरिक सुगठन प्रतियोगितामा ६० केजीमा रजत पदक ।

२०७५ सालमा जिल्ला खेलकुद बिकास समिती कास्कीको आयोजनामा भएको जिल्ला स्तरिय मिष्टर पोखरा शारीरिक सुगठन प्रतियोगितामा ६० केजीमा स्वर्ण पदक । २०७६ सालमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा बुटवलमा सम्पन्न भएको सोह्रौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६० केजी समुहमा कास्य पदक ।

एउटा गरिब बिप्पब मुस्लिम समुदायमा जन्मेर समेत खेलकुद क्षेत्रमा लागेर आफ्नो सपनाहरुलाई पछ्याउँदै उनले धेरै उपलब्धी हासिल गरेको छन् । सामाजिक कार्यमा पनि संलग्न रहेका उनि बताउँछन् । सामुदायिक सेवा केन्द्र पोखरा बगरको आयोजना लागू पदार्थ दुर्व्यसन बिरुद्ध समाजिक जनचेतना कार्यक्रममा पोखरा १ बगर टुडिखेलमा आफ्नो शारीरिरक प्रदर्शनी गरेर युवावर्गलाइ शारीरिक सुगठन खेलमा आकर्षण गर्न उत्प्रेरण दिएको उनले बताए ।

हाल केही साथीहरूसँग मिलेर पाेखरा चिप्ले ढुङ्गामा मेगा जिमउन संचालन गरेका छन्। NFBF अन्तरगत कास्की जिल्ला शारीरिक सुगठन संघको कार्य समितीका सदस्य पदमा रहेर उनी शारीरिक सुगठन खेलको बिकासमा लागि परेका देखिन्छन् । उनि थुप्प्रै मुस्लिम युवाहरु लाइ आफु जस्तै यस खेलमा लाग्न प्रेरित गरिरहेका छन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार