ताजा अपडेट »

रुकुमको आठबीसकोटमा अनिश्चित कालका लागि निषेधाज्ञा

मंगलबार, ०६ माघ २०७७, २० : ३७
4 Shares

रुकुम पश्चिम । रुकुम पश्भिमको आठबीसकोट नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ । आज मङ्गलबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

आठबीसकोटमा नेकपा (दाहाल-नेपाल समुह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि अवस्था दिनभर तनावग्रस्त भएको थियो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चार किल्ला तोकेर निषेधाज्ञा आदेश जारी गरेको बताउनुभयो । पूर्वमा घारीखोला, पश्चिममा ठूली भेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको बताइएको छ ।

जिल्लाको आठबीसकोट नगरपालिकाको–९ नम्बर वडा राडीबजारमा केही समूहबाट अनावश्यक भेला भइ अवाञ्छित गतिविधि गरि शान्ति भङ्ग हुने गरी हुलदङ्गा वा अशान्ति सिर्जना गर्न खोजिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । राडी बजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच दिनभरजसो झडप भएको थियो । दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।