ताजा अपडेट »

पहिचान बनाउँदै नरेश

सोमबार, ०५ माघ २०७७, १७ : ५६
6 Shares

पिता नरेन्द्र र माता बिनाको सुपुत्रका रुपमा वि स २०४४ साल जेठ १७ गते असन काठमाडौंमा नरेश मालाकारको जन्म भएको थियो । विसं २०६१ सालमा एस एल सी दिइसकेपछि साथीभाइहरूको संगतमा लागेर उनी नेपाल व्यायाम मन्दिरकाे सदस्य भएर व्यायाम गर्न सुरु गर्न थाले ।

उनको पहिलो प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदद्वारा नेपालगन्जमा आयोजित १४ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता थियो । जसमा हुने छनौट चरण पार गर्न सकेनन् । उनले शारीरिक सुगठनमा खेलमा प्राप्त गरेका उपलब्धिहरु यस प्रकार रहेका छन् ।

-२०७२ सालमा आयोजित राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ८० केजी तौल समूहमा कास्य पदक ।

-२०७२ सालमा नै HKNFBF द्वारा आयोजित नेपाल च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा पाँचौ स्थान -

-२०७३ सालमा आयोजित प्रथम मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूह भन्दा माथि स्वर्णपदक -

२०७३ सालमा आयोजित दोस्रो बुल्समैन राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा कास्य

-२०७३ सालमा आयोजित धर्मश्री खोला राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा ८० केजी तौल समूहमा कास्य

- २०७५ सालमा आयोजित दोस्रो नेपाल च्याम्पियन शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा रजतपदक

-२०७५ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश सङ्घद्वारा आयोजित सातौं मिष्टर हिमालयमा ७५ केजी तौल समूहमा स्वर्णपदक तेस्रो मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा ८० केजी तौल समूहमा स्वर्णपदक

- २०७५ सालमा आयोजित तेस्रो बुल्समैन राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगितामा ८० केजी तौल समूहमा कास्य पदक

-२०७६ सालमा राष्ट्रिय खेलकुद परिषदद्वारा बुटवलमा आयोजना भएको साेह्राौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ८० केजी तौल समूहमा प्रथम हुँदै मिष्टर नेपालको उपाधि जित्न सफल

-२०७६ सालमा भक्तपुरमा आयोजित प्रथम उपत्यका श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि कब्जा गर्न सफल

-२०७६ सालमा नेपालमा आयोजना भएको बाह्रौँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पुरुष Athletic Physique मा एतिहासिक स्वर्णपदक जित्न सफल भए।

उनलाई आफ्नो शारीरिक पोजहरु मध्ये सबैभन्दा वेष्ट पाेजका रुपमा front lat spred सबै भन्दा मन पर्छ । जीवनमा सबैभन्दा खुसी भएकाे क्षणका रुपमा बाह्रौँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जित्दाकाे पललाई मान्छन् । जीवनमा सबैभन्दा दुखद क्षणका संझदै उनि भन्छन्, "म नेपालगन्जमा भएको १४ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता लगायत प्रथम वुल्समैन र पाचौं मिष्टर हिमालय प्रतियोगितामा छनाैट चरणमा नै फालिएँ ।

तिनबटा प्रतियोगितामा निरन्तर असफल हुदां म सारै निराश थिएँ । मलाई याे खेल मेरा लागि उपयुुक्त हाेइन रहेछ कि ? भन्ने लाग्न थालेको थियो। " उनि भन्छन्, "जीवनमा आउने चुनौतीह‌रुले अबसर पनि लिएर आएका हुन्छन्, यदि हामी चुनौतिको सामना गर्न सक्यौं भने सफलता सहजै प्राप्त गर्न सकिने रहेछ ।" हाल उनी आफ्नो लगानीमा सञ्चालित काठ्माण्डौ ढल्को स्थित New Flex Fitness मा निरन्तर व्यायाम गरिरहेका छन्। आफुसँग थुप्रै युवा खेलाडीशरुलाइ आगामी प्रतियोगिताहरुका लागि तयार परिरहेका छन् ।

https://www.globalaawaj.com/archives/74371
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार