February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

आजको यूग र दृष्टिविहिन

1.7K

दृष्टिविहिन हुनु भनेको फगत शारीरिक कमजोरी मात्र थिएन । कुनैबेला समय यस्तो पनि थियो,आँखा नदेख्नु भनेको ज्ञान नदेख्नु, सीप नदेख्नु भन्ने थियो। आँखा नदेख्नु भनेको बिवेक सुन्ने हुन्छन् भन्ने भान आम मानिसमा थियो पछिल्लो ३० वर्षमा समाजले फड्को मार्यो आँखा नदेख्नु भनेको शुन्य मष्तिस्कका हुन्छन् भन्ने भनाइबाट समाज क्षमतावान हुन्छन् भन्ने निष्कर्षमा पुगेको छ । अपवाद बाहेक पछिल्लो ३० वर्ष मा दृष्टिविहिनहरुको सवालमा नेपाल र विश्वमा जुन खालका प्रयास भैरहेका छन् , ती उल्लेखनीय छन् ।

बेलायत, अमेरिका जापान लगाएतका देशहरूमा जुन हिसाबले दृष्टिविहिनमैत्री प्रविधि र संरचनाको विकास भइरहेको छ । त्यस्को धेरै–थोरै प्रभाव हामीकहाँ पनि परेको छ। विद्यमान अवस्था सन्तोषजनक छ भन्ने होइन । हामीकहाँ जे अभ्यास भइरहेको छ,त्यो ठिक छ भन्ने पनि होइन । हो हामीकहाँ असहज छ । हामीले विचार गर्नुपर्ने बेला आएको छ ,हामीले गुनासो मात्रै गरेर बस्ने कि भएका स्रोत साधनको उचित प्रयोग गर्ने सानो उदाहरण हेरौँ । कक्षा १० देखि माथि नेपालमा ब्रेल पुस्तक प्रकाशन हुँदैनन् धेरै दृष्टिवीहिनहरू किताबलाई रेकर्ड गरेर नोट बनाएर आफ्नो उच्च शिक्षा अध्ययन गरिरहेका छन्। विद्यालय स्तरमा पनि समयमा पाठ्यपुस्तक नपुग्ने समस्या हामिकहाँ छँदैछ ।

सुनेर पढ्ने र आँफूले भनेको अरुले लेख्दिने हुँदा धेरै दृष्टिविहिनहरुलाई अक्षर संरचनाको ज्ञान नभएको कुरा हामीले स्विकार्नुपर्छ । भन्ने र सुन्ने बानीका कारण धेरै दृष्टिविहिनहरूलाई आफ्नै लिपी ब्रेलमा शुद्ध लेख्न सक्दैनन् ।

उपाय के त?
शिक्षाको संरचना राज्यको व्यवस्थापन र लगानि मूलभूत ३ ओटा कुरामा हुने हो भने दृष्टिविहिनहरूको सिकाई उपलब्धि राम्रो हुन सक्छ ।

क. ब्रेललाई अनिवार्य
विद्यालयको प्रारम्भिक सिकाइदेखि सकिन्छ । कक्षा ८ सम्म सकिन्न कक्षा ५ सम्म ब्रेलमै पढ्ने र परिक्षा दिने वातावरण बनाउँ । जस्कालागि ब्रेल शिक्षकहरूको व्यवस्था गर्न कन्जुस्याँइ नगरौँ जसले विद्यार्थीको लेखाइ र पढाइले अक्षर संरचनाको ज्ञान दिन्छ । अहिले हामीले भोगिरहेको लेख्न नसक्ने भन्न सक्नेको संख्या घट्छ । जसले व्यक्तिलाइ सिर्जनात्मक बनाउँछ । आफ्नो लिपि प्रतिको अपनत्व बढाउँछ ।

ख. प्रविधिको उच्चतम प्रयोग
प्रविधिको प्रयोग आम मानिसलाई जति आवश्यक छ । त्यस्को १० गुणा दृष्टिविहिनलाई आवश्यक छ । हिँड्नेदेखि कामसम्म सहजताको लागि हरेक दृष्टिविहिन अहिलेको प्रविधिसँग अव्यस्त हुनु अति आवश्यक छ हामीकहाँ विडम्बना नै भन्नुपर्छ प्रविधिको जग हामीले बसाल्न सकेका छैनौँ । एउटा उदााहरण कुनै कक्षा १२ को परिक्षा दिएको दृष्टिविहिन कम्प्यूटर सिक्नकालागि काठ्माण्डौ पर्ने बाध्यताको अन्त्य हामीले गर्न सकेका छैनौँ ।

हामीले अधिकारमा संघीयता ल्यायौँ । तर, दुर्भाग्य प्रविधिमा संघियता ल्याउन सकेनौँ । प्रविधिका लागि ठूलो स्रोत र साधन खर्च गर्नुपर्दैन यसो गरौं विद्यालयका स्रोत शिक्षकलाई प्रविधि सिकाऔं । सकिन्छ, सानै तहबाट प्रविधिमा अव्यस्त बनाउँ । सकिन्न ८,९ र १० कक्षामा आधारभूत भएपनि प्रविधि सिकाउँ । जसले उनिहरूको उच्च शिक्षामा केही न केही पक्कै सहयोग पुग्ने छ ।

ग. फरक होइन समान शिक्षा
हरेक व्यक्तिले समान शिक्षा पाउनुपर्ने हुन्छ । दृष्टिविहिनहरूलाई पनि अरूलाई सरह व्यवहार गर्न सके, अरूलाई जस्तै समान मूल्याङ्कन गर्ने हो भने सिकाई उपलब्धि राम्रो हुन सक्छ । हाम्रा शिक्षकहरूमा ब्रेल लिपी देख्ने बित्तिकै उत्पन्न हुने दयाका भावनाहरूले उनिहरूको सिकाइ प्रक्रियामा असर पुगेको कुरालाई बुझ्न ढिला गर्नुहुँदैन ।

हामी कहाँ छौँ ?
विश्वमा प्रविधिको जुन हिसाब ले विकास भएको छ । त्यो प्रविधिको उच्चतम प्रयोग गर्न नेपालका द्रिष्टिविहिनहरु बञ्चित छन् भन्नेकुरा हामी सबैले स्विकार्नुपर्छ । ‘अनेकौँ कठिनाइका बीचपनि नेपालका दृष्टिविहिनहरूले के–के गर्न सक्छन्।’भन्ने कुरा चर्चा गर्न आवश्यक छ ।

१.एक्लै हिँड्डुल गर्न
सडकमा सेतो छडि लिएर दृष्टिविहिनहरू हिँडेको नौला ेकुरा रहेन तपाँइलाई या ेकुरा नौलो लाग्न सक्ला दृष्टिविहिनहरू आफ्नो गन्तव्यमा पुग्न कुन–कुन बाटो जानुपर्छ । कति किलोमिटर हिड्नुपर्छ आँफूकहाँ छु ।’ भनेर उनिहरू आँफै पत्ता लगाउन छक्छन् ।

२.मोबाइल फोन तथा कम्प्यूटर चलाउन
दृष्टिविहिनहरूले जस्तो सुकै मोबाइल र कम्प्युटर सजिलै चलाउन सक्छन्. अलिकति चर्चा गरौँ उनिहरूकालागि भनेर छुट्टै मोबाइल कम्प्युटर बनाइएको हुँदैन सामान्य मोबाइलवा कम्प्युटरमापनि सुनेर चलाउन सक्ने अर्थात द्रिष्टिवाधित सफ्टवेरका साहेयतामा उनिहरु सबै काम गर्न सक्छन्. जस्का सहायताले उनिहरू लेख्न पढ्न अनलाइन तथा अअफ लाइन खेल खेल्न इमेल इन्टर्नेट चलाउन कार्यालयका सबै काम गर्न उनिहरू सक्छन् ।

३. बैंकिङ कारोबार
नेपालका दृष्टिविहिनहरू प्रविधिको प्रयोग गरेर एटिएमबाट पैसा निकाल्न, सेयर कारोबार, गर्न विभिन्न बिल तिर्न, चेक काट्न, भौचर भर्न ,नेपालका दृष्टिविहिनहरू अव्यस्त छन् । यद्यपि नेपालका अधिकांश बैङ्कहरू अनुदार छन् । दुर्भाग्यनै भन्नुपर्छ,राष्ट्र बैङ्कले समेत यस विषयलाई संवेदनशिल रूपमा लिएको छैन ।

४. पैसा चिन्न र सामान्य अक्षरका किताब पढ्न
तपाँइलाइ अचम्म लाग्न सक्छ । आँखा नदेख्नेले पैसा चिन्न सक्लान् त? सामान्य अक्षरका किताब पढ्न सक्लान् त? यो धेरैको जिज्ञासाको विषय हो धेरै दृष्टिविहिनहरूलाई आँफू पैसामा ठगिन्छु कि भन्ने चिन्ताबाट मुक्ति दिलाएको छ । ओसिआर प्रविधिको विकास भएदेखि उनिहरूको जिवनशैलीलाई अझै सझिलो बनाएको छ । यो प्रविधि नेपालका दृष्टिविहिनहरूले पनि प्रयोग गर्नु पर्दछ ।

५.फोटो खिच्न
अरु सामान्य व्यक्तिले जस्तै पओज तरिका मिलाएर आफ्नो सेल्फी मात्र होइन अरुको फोटो समेत खिचिदिन सक्छन्

अन्त्यमा
हरेक दृष्टिविहिनहरूको जिवनशैलीलाई सहज बनाउनेहो भने प्रविधिसँग जोड्नुको विकल्प छैन । अबको हाम्रो लडाई प्रविधिमा सहज पहुँचको हुनुपर्छ । आरक्षणको भन्दा अबको पुस्तालाई प्रविधिको जग बसाल्न ध्यान पुग्नुपर्दछ । २१आंै शाताब्दी सुहाउँदो प्रविधिको प्रयोग गर्न हातेमालो गरेर हरेक दृष्टिविहिनलाई सहज हुनेगरी प्रविधिको पहुँच हुनुपर्दछ ।

पछिल्लो अपडेट