२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

बुटवल । प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ को उपाधि बुद्ध टि.भी.ले प्राप्त गरेको छ । ग्लोबल आवाज अनलाइनको आयोजना तथा रोटरी क्लब अफ रुपन्देहीको सह–आयेजना शनिबार भएको प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ मा रेडियो लुम्बिनीलाई ३–२ गोल अन्तरले पराजीत गर्दै बुद्ध टि.भी.ले उपाधि प्राप्त गरेको हो । र्निधारित समयमा दुबै टिमबाट समान ३/३ गोल भएपछि बुद्ध टि.भी.ले रेडियो लुम्बिनीलाई पोनाल्टीमा पराजीत गरेको हो ।

Advertisement

उपाधिसँगै बुद्ध टि.भी.ले नगद रु १५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेको भने उपविजेता बनेको रेडियो लुम्बिनीले नगद रु १० हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । त्यसैगरी प्रतियोगितामा बुद्ध टि.भी.का बिक्रम खड्काले उत्कृष्ट खेलाडी, बुटवल टुडेका स्वस्तिक श्रेष्ठले सर्वाधिक गोलकर्ता र रेडियो लुम्बिनीका प्रकाश गौतमले उत्कृष्ट गोलकिप्परको उपाधि प्राप्त गरेका छन् भने राज्य टेलिभिजन अनुशासित टिम घोषित भई सम्मानित भएको छ। प्रतियोगिताका विजयीलाई पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसाल , निर्देशक श्रृष्टि अधिकारी, सह–प्रायोजक हाइलाइफ फुड्सका अध्यक्ष पंकज ज्ञवालीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरी प्रतियोगिताको औपचारिक समुद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरेका थिए । सो अवसरमा बोल्दै उनले नगरमा मिडिया कप आयोजना हुनु गौरवको विषय बताए । उनले भने ‘ तिलोत्तमा नगरमा आयोजित प्रतियोगिताले रुपन्देहीका सञ्चार गृहका सञ्चारकर्मीहरु बीच एकता र सञ्चारकर्मीहरु पनि खेलकूदमा सक्रिय छन् भन्ने सन्देश दिने छ ।’ त्यसैगरी आयोजक ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसालले रुपन्देहीका सञ्चारकर्मीहरु बीच आपसी भेटघाट र सद्भावका लागि प्रतियोगिता आयोजना गरेको बताए ।

त्यसैगरी उद्घाटन समारोहमा रोटरी ईन्टरनेसनल ३२९२ जोन१८ का एसीस्टेण्ट गर्भनर ध्रुब कुमार धिताल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे लगाएतले बोल्दै प्रतियोगिताको सभ्य र भव्य रुपमा सफलताको कामना गरे । समारोहमा रोटरी ईन्टरनेसनल ३२९२ जोन१८ का एसीस्टेण्ट गर्भनर ध्रुब कुमार धिताल, जोन २० का एसीस्टेण्ट गर्भनर राजकुमार गुप्ता, प्रतियोगिताका संयोजक डि.बी. सुस्लिङ, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसी, प्रतियोगिताका निर्णायक समितिका सदस्य यमलाल भुसाल, विश्वास ढकाल लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा आयोजक ग्लोबल आवाजसहित बुटवल टुडे, लुम्बिनी टाइम्स, रेडियो जागरण, लुम्बिनी दैनिक, राज्य टि.भी., रेडियो मलमला, कञ्चन खबर, रेडियो लुम्बिनी, बुद्ध टि.भी., खस्यौली एफ.एम., सबल नेपाल, लुम्बिनी टि.भी., रेडियो शुद्धोधन, टि.भी. र मेचीकालि गरी १६ मिडिया हाउसको सहभागिता रहेको थियो । रेडियो मुक्ति र पत्रकार महिला समूह बीच भएको मैत्रिपूर्ण खेलमा रेडियो मुक्ति विजय भएको छ । खेलमा रेडियो मुक्तिले पत्रकार महिला समूहलाई १–० को अन्तरले पराजित गरेको हो ।

प्रतियोगिताको मूख्य प्रायोजन टेन स्टिल प्रा.ली.तथा हाई लाइफको सह–प्रायोजन रहेको थियो भने मिडिया पार्टनरको रुपमा राज्य टि.भी. र बुटवल टुडे, अफिसियल बैँक पार्टनरमा शाइन रेसुङेगा बैँक रहेको थिए । प्रतियोगिताको राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको थियो । उद्घाटन समारोहमा आयोजक अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसालको अध्यक्षता, तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता र रोटरी रुपन्देहीका पूर्व अध्यक्ष राजकुमार पाण्डेको स्वागत मन्तव्य तथा सञ्चारकर्मी सञ्जु पौडेलेको सञ्चालनमा भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

नेदरल्यान्ड्सविरुद्धकाे अभ्यास खेलमा नेपालले टस हारयाे १२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा