ताजा अपडेट »

प्रथम टेन स्टिल मिडिया कप फुटसल –२०७७ सुरु

शनिबार, ०३ माघ २०७७, ११ : ५९
6 Shares

बुटवल । ग्लोबल आवाज अनलाइनको आयोजना तथा रोटरी क्लब अफ रुपन्देहीको सह–आयेजना रहेको प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७को शुभारम्भ भएको छ ।प्रतियोगिताको शनिबार विहान तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरेका हुन् । सो अवसरमा बोल्दै उनले नगरमा मिडिया कप आयोजना हुनु गौरवको विषय बताए । उनले भने ‘ तिलोत्तमा नगरमा आयोजित प्रतियोगिताले रुपन्देहीका सञ्चार गृहका सञ्चारकर्मीहरु बीच एकता र सञ्चारकर्मीहरु पनि खेलकूदमा सक्रिय छन् भन्ने सन्देश दिने छ ।’

त्यसैगरी आयोजक ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसालले रुपन्देहीका सञ्चारकर्मीहरु बीच आपसी भेटघाट र सद्भावका लागि प्रतियोगिता आयोजना गरेको बताए । त्यसैगरी उद्घाटन समारोहमा रोटरी ईन्टरनेसनल ३२९२ जोन१८ का एसीस्टेण्ट गर्भनर ध्रुब कुमार धिताल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे लगाएतले बोल्दै प्रतियोगिताको सभ्य र भव्य रुपमा सफलताको कामना गरे ।

समारोहमा रोटरी ईन्टरनेसनल ३२९२ जोन१८ का एसीस्टेण्ट गर्भनर ध्रुब कुमार धिताल, जोन २० का एसीस्टेण्ट गर्भनर राजकुमार गुप्ता, प्रतियोगिताका संयोजक डि.बी. सुस्लिङ, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसी, प्रतियोगिताका निर्णायक समितिका सदस्य यमलाल भुसाल, विश्वास ढकाल लगाएतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा रुपन्देहीका १६ सञ्चारगृहले प्रतिष्पर्धा गर्दैछन् ।

उद्घाटन समारोह आयेजक अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसालको अध्यक्षता, तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता र रोटरी रुपन्देहीका पूर्व अध्यक्ष राजकुमार पाण्डेको स्वागत मन्तव्य तथा सञ्चारकर्मी सञ्जु पौडेलेको सञ्चालनमा भएको थियो ।हालसम्म सम्पन्न ३ खेलमा बुटवल टूडे, बुद्ध टेलिभिजन र रेडियो मलमलाले पहिलो खेल जितेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।