ताजा अपडेट »

नेपालमा कोरोना खोप ‘कोभिसिल्ड’लाई प्रयोग लागि अनुमति

शुक्रबार, ०२ माघ २०७७, १६ : १३
2 Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई अनुमति दिइएको छ। सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको उक्त खोपलाई आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो ।

‘कोभिसिल्ड’ नामक कोरोना खोप अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको खोप हो । यसले भारतमा पनि प्रयोगको लागि अनुमति पाइसकेको छ भने भारतमा ठुलो मात्रामा उत्पादन भैरहेको छ । सरकारले कोभ्याक्सअन्तर्गत पहिलो लटमा आउने भनिएको ३ प्रतिशत खोप आउन ढिला भए आफैं खरिद गरेर भए पनि खोप छिटो ल्याउने जनाएको छ। कोभ्याक्सअन्तर्गतको पहिलो लटको ३ प्रतिशत खोप यसै वर्षको पहिलो चौमासिकमा आउने विश्वास लिइएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।