ताजा अपडेट »

पहिचान फराकिलो पार्दै समिर

सोमबार, २७ पुस २०७७, १७ : ४२
10 Shares

प्रत्येक खेलाडीले आफ्नो राष्ट्रको लागि खेल्दै राष्ट्रिय झन्डा बाेक्ने सपना देखेको हुन्छ । तर कमै मात्र खेलाडीले त्यस सपनालाई पूरा गर्ने अवसर पाउँछन् । आज हामीले आफ्नो सपनाहरु लाई पछ्याउँदै बिजयश्री चुम्न सफल खेलाडी समीर श्रेष्ठका बारेमा चर्चा गर्दैछौं । माता संन्तमाया र पिता कृष्ण बहादुरको सुपुत्रका रुपमा समिरको जन्म बि स २०३९ सालमा भक्तपुर चाँगुनारायण न.पा-७ मा भएको थियो । उनले २०५८ साल देखि जिम गर्ने प्रारम्भ गरेका थिए ।

उनकाे पहिलो जिम Desperado gym थियोे । उनी हलिउडका चर्चित अभिनेता Arnold को movie बाट प्रेरित भएर व्यायाम गर्ने थालेको समिर बताउँछन् । यधपि शारीरिक सुगठन खेल क्षेत्रमा केहि गर्नु पर्छ भनेर प्रेरणा दिने व्यक्तिका रुपमा समीर आफ्नो जिबनसाथि सुनिता श्रेष्ठलाई मान्छन्। उनले शारीरिक सुगठन खेलमा प्राप्त गरेका उपलब्धिहरु यस प्रकार छन् ।

-२०७५ सालमा नेपलिज फेडरेशन अफ बडीबिल्डिग एण्ड फिटनेशको आयोजनामा भएको 2nd Mr.Everest राष्ट्र व्यापी शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समुहमा कास्य पदक हात पारेका थिए ।

-२०७५ सालमा बुल्समैन पोखराको आयोजनामा भएको तेश्रो बुल्समैन प्रतियोगितामा ६५ के जी तौल समुहमा पाचौ स्थान ।

-२०७५ सालमा काठमाडौ जिल्ला शारीरिक सुगठन संघको आयोजनामा सम्पन्न तेश्रो मिष्टर काठमाण्डौ प्रतियोगितामा ७० के जी तौल समुहमा स्वर्ण पदक ।

-२०७५ सालमा नेपाल व्यायाम मन्दिरको आयोजनामा सम्पन्न पन्धौ राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा ७० के जी तौल समुहमा रजत पदक ।

-२०७६ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेस संधको आयोजनामा भएको सातौ मिष्ठर हिमालय प्रतियोगिता ७० के जी तौल समुहमा रजत पदक

-सन् २०१९ मा नेपाल मा सम्पन्न बाह्रौ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा ६५ के जी तौल समुहमा स्वर्ण पदक ।

-सन् २०१९ मा थाइलैण्डमा सम्पन्न एशियाली प्यासिफिक शारीरिक सुगठन प्रतियोगितामा ६५ के जी तौल समुहमा चौथो स्थान । उनलाइ आफ्नो शरिरिक पाेज मध्ये मनपर्ने वेष्ट पाेज-front डबल biceps र मस मस्कुलर पोज सबैभन्दा मन पर्छ । खेल जीवनकाे सबैभन्दा सुखद क्षणको रुपमा उनी 12 south Asian मा स्वर्ण पदक जितेको पललाइ मान्दछन् । जीवनको दुखद क्षणका रुपमा Thailand मा भएको प्रतियोगितामा आफु सोचेको जस्तो राम्रो स्थान प्राप्त हुन नसकेको पललाइ सम्झन्छन् ।

अन्य बेला सामान्य आहार लिए पनि गेमका बेला उनको डाइट प्लानमा ७० प्रतिशत प्रोटिन २५ प्रतिशत कार्बन र ५ प्रतिशत फ्याट लिने गर्छन । समिरलाइ आफ्नो शारिरको मनपर्ने बडी पार्टमा abs legs-biceps र triceps हो । उनले बाह्रौ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताका बेला नेपाल शारीरिक सुगठन तथा फिटनेस संधका उपाध्यक्ष दिनेश राजभण्डारीले दिएको उत्प्रेरणको मुक्तकण्ठले प्रशसा गर्छन । प्रतियोगिताका बिशेष अवस्थामा अभिभावक संस्थाका प्रतिनिधीबाट सदैब यस्तै प्रकारको उत्साह र सदभावको अपेक्षा हरेक खेलाडीले गर्ने गरेको उनि बताउँछन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार