१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

भैरहवा । लायन्स क्लब अफ भैरहवा बोहेमियन्सको आयोजनामा भैरहवामा ‘अन्तर लायन सुपर सिक्स’ क्रिकेट प्रतियोगिता हुने भएको छ । नयाँ खुलेका क्लबलाई परिचित गराउने र कोष वृद्धि तथा आवश्यक परेकालाई सहयोग गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना हुने आयोजकले जनाएका छन् ।

Advertisement

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले बिहिबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले पुष २५ गते (शनिबार) देखि प्रतियोगिताको आयोजना हुने जानकारी दिए । भैरहवा तथा यस आसपास रहेका लायन्स क्लबहरुको सहभागितामा हुने प्रतियोगितामा १० वटा लायन्स क्लबहरुले प्रतिस्प्रर्धा गर्ने कार्यक्रम संयोजक सौरभ थापाले जानकारी दिए । टिममा ६ जना मात्र खेलाडीले खेल्न पाउने र एक ईनिङ्ग ५ ओभरको मात्र हुने आयोजकले जानकारी दिए ।

लायन्स क्लब अफ भैरहवा बोहेमियन्सका अध्यक्ष कृतेश कुमार श्रेष्ठले पुष २५ गते सुरु हुने प्रतियोगिताको फाईनल खेल माघ ३ गते सिद्धार्थ रंगशालामा खेलाइने बताए । उनले कोभिड पछि सबै क्षेत्र तितर बितर भएको अवश्थामा खेल क्षेत्रलाई पुर्नजागृत गर्न कार्यक्रमले सहयोग पुर्याउने बताए । कार्यक्रममा बिजयी हुने टिमलाई नगद २५ हजार सहित शिल्ड र दोश्रो हुनेलाई नगद १५ हजार सहित शिल्डको ब्यवस्था गरिएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले क्रिकेटको माध्यमबाट भैरहवाको पहिचान रहेकोले यसलाई कायम राख्न भए पनि यहा क्रिकेट भै रहनु पर्ने बताए । उनले निर्माणाधिन अवश्थामा रहेको सिद्धार्थ रंगशालामा अब छिट्टै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरु सञ्चालन हुने बताए ।

गोदावरी प्लाजा एवम पार्टी प्यालेसको मूख्य प्रायोजन रहेको प्रतियोगितामा लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियल, लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्ध, लायन्स क्लब अफ लुम्बिनी गौतम बुद्ध, लायन्स क्लब अफ सिद्धार्थनगर युथ गोर्खाली, लायन्स क्लब अफ सिद्धार्थनगर युथ वारियर, लायन्स क्लब अफ भलवारी, लायन्स क्लब अफ प्रोफेस्नल्स, लायन्स क्लब अफ भैरहवा बोहेमियन्स ए र लायन्स क्लब अफ भैरहवा बोहेमियन्स बि को सहभागीता रहने आयोजकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग